प्रकाश न्यौपाने
पुस १९ गते
नवलपरासी । नेपाल शिक्षक संघ बर्दघाट नगर समितिद्वारा आयोजित आधारभूत तह (कक्षा ६-८) स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा प्रथम स्थान रचना थापा सिद्धज्योति आधारभूत विद्यालयकि रचना थापाले प्रथम स्थान हासिल गरेकी छिन । भने दिव्यज्योती मा.बि.का आयुष अधिकारी द्वितीय स्थान र राष्ट्रिय मा.बि. माकरमा अध्यायनरत दीक्षा पाण्डे तृतीय स्थान र गङ्गा मा.बि. कि अस्मीना सुनार सान्त्वना भएका छन । विजयी विद्यार्थीहरूलाई सम्मान पत्र तथा पुरस्कार वितरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथिको रुपमा बोल्दै बर्दघाट नगरका सामाजिक विकास समिति संयोजक एब वडा नम्बर १६ का वडा अध्यक्ष भीमकाजी गुरुङले बर्दघाट नगरपालिकाले विद्यालयहरुमा जादा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो । “गत विद्यालयहरूमा पुग्दा अभिभावक शिक्षा आवश्यक छ भन्ने आवाज आएको थियो, त्यसैले हामीले अभिभावकलाई शिक्षा दिने कार्यक्रम बजेट राखेका छौँ। हरेक विद्यालयले अभिभावक शिक्षा सञ्चालन गर्न म आग्रह गर्दछु ।” गुरुङ्गले भन्नुभयो ।
नेपाल शिक्षक संघका निवर्तमान केन्द्रीय सदस्य नेत्रलाल न्यौपानेले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न यस्ता प्रतियोगिताहरू प्रभावकारी हुने बताउँदै शिक्षक संघले विद्यार्थीका हरेक रचनात्मक कार्यहरूमा समर्थन गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।त्यस्तै, नेपाल शिक्षक संघका अध्यक्ष भोजराज चापागाईंले शिक्षक संघले बाल अधिकार, अभिभावक शिक्षा र शैक्षिक गुणस्तरका विषयमा निरन्तर आवाज उठाउँदै आएको बताउदै आएको उल्लेख गर्नुभयो ।
प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट प्रस्तुति दिएका थिए। निर्णायक समितिमा भोला प्रसाद न्यौपाने, अर्जुन पाण्डे रहनु भएको थियो । दाउन्नेदेवी मा.बि. मा भएको प्रतियोगितामा नगरका १४ वटा विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा शिक्षक संघका पदाधिकारी, विद्यालयका शिक्षकहरू, विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। शिक्षक सघ बर्दघाटका अध्यक्ष रमेश लम्सालको अध्यक्षता रहेको कार्यक्रम र सचिव किरण पौडेलको सञ्चालन गर्नु भएको थियो ।