नेपाल पत्रकार महासंघ स्याङ्जामा नवनिर्वाचित कार्यसमितको पदभार ग्रहण तथा पदस्थापन

प्रकाशित मिति:

नेपाल पत्रकार महासंघ स्याङ्जा जिल्ला शाखा समितिको नवनिर्वाचित कार्यसमितिको शुक्रबार स्याङ्जामा पदभार ग्रहण तथा पदस्थापन गरिएको छ ।गत २८ मंसिरमा भएको निर्वाचनबाट प्रदीप कोइरालाको अध्यक्षतामा १५ सदस्यीय नव कार्यसमिति निर्वाचित भएको थियो ।पदभार ग्रहण समारोहका प्रमुख अतिथी तथा निर्वाचन समिति संयोजक समेत रहेका जिल्ला बार एसोसिएसन स्याङ्जाका अध्यक्ष एवं अधिवक्ता तुलसी गिरीले पदभार ग्रहण गराएका हुन् ।नवनिर्वाचित उपाध्यक्षमा माधव गैह्रे, उपाध्यक्ष महिला साधना न्यौपाने, सचिव हरिप्रसाद सुवेदी सुशील, सह सचिव एक बहादुर गोदार रमेश, सह सचिव समावेशी कला राना र कोषाध्यक्षमा जोगराज पाठक रहेका छन् ।

खुला सदस्यमा युवराज पौडेल, राम बहादुर रोकाहा, कृष्ण बस्याल र सविनचन्द्र डोटेल निर्वाचित भएका थिए । सदस्य महिलामा आरती कुँवर, सदस्य दलितमा नारायण विश्वकर्मा, सदस्य आदिवासी जनजातिमा भुम बहादुर रखाली विनोदछन् । समावेशी सदस्यमा हिमलाल घर्ती निर्वाचित भएका हुन् । स्याङ्जा शाखाबाट राष्ट्रिय परिषद सदस्यमा ओम प्रकाश शर्मा र पार्वती पाण्डेय, महिला प्रदेश प्रतिनिधि सदस्यमा फुलमाया पाण्डेय भट्टराई र प्रदेश परिषद सदस्यमा टिकाराम अधिकारी, तोलाकान्त बगाले र रामु भट्टराई निर्विरोध निर्वाचित भएका हुन् ।