शिक्षालाइ सीप र प्रबिधिसंग जोड्ने आवश्यक

प्रकाशित मिति:

प्रकाश न्यौपाने
पुस २० गते
नवलपरासी । अहिलेको अवस्थामा निजी विद्यालयले शिक्षालाई सीप र प्रबिधिसंग जोड्ने आवश्यक रहेको शैक्षिक सरोकारवालाहरूले जोड दिएका छन । निजी तथा आवासीय अर्गानाइजेसन (प्याब्सन) नवलपरासीको ३४ औ वार्षिक साधारण सभामा बोल्ने वक्ताहरूले प्रविधिमैत्री शिक्षा आवश्यक रहेको धारणा राखेका हुन् ।


निजी शैक्षिक संस्थाबाट उत्पादित विद्यार्थीहरूले देशको नाम उचाइमा लगेको प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले उल्लेख गर्नु भयो । “अहिले देश विदेशमा राम्रो जागिर खाने र विद्यालय तथा विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउने, आर्थिक रुपमा उन्नति र प्रगति गर्ने र आमाबुवाको इच्छा आँकाक्षा पूरा गर्ने विद्यार्थीहरू निजी शैक्षिक संस्थाबाट अध्ययन गरेको छन् । त्यसैले निजी शैक्षिक संस्थाले गौरव गर्ने सकिने धेरै आधारहरू रहेका छन ।” अधिकारीले भन्नु भयो । प्याब्सन नवलपरासीको ३४ औं साधारणसभालाई सम्बोधन गर्दै उहाँले प्याब्सनले २० लाख विद्यार्थी पढ्ने, २ लाख बढी शिक्षक शिक्षिकाहरूले रोजगारी दिने र ६ अर्व स्वदेशमा नै लगानी गरेर राज्यलाई सहयोग गरेको भनाइ छ ।


प्याब्सन नेपालका सचिव सुवर्ण न्यौपाने शिक्षालाई सिपसङ्ग जोडेर दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताउनु भयो । ” निजी शैक्षिक संस्थालाई राम्रो योजना तर्जुमा र योजना अनुसार कार्यक्रम र सो कार्यक्रमलाई कार्यन्वयन गर्ने गर्ने सके निजी शैक्षिक संस्थाको भविष्य राम्रो छ ।” न्यौपानेले भन्नु भयो । त्यस्तै अर्का सचिव यादव गिरी अहिलेका शैक्षिक समस्या समाधानका लागी उच्च स्तरबाट सम्बोधन हुनु पर्ने धारणा राख्नु भयो । शिक्षा ऎन, शुल्क निर्धारण, मानव संसाधनको समस्या, शिक्षण शैलीमा परिवर्तन गर्नु पर्छ । अभिभावक, राजनीति दल र राज्यको धारणा परिवर्तन गराउन सक्नु पर्ने जस्ता समस्याहरू समाधान गर्नु पर्ने यादवको भनाइ छ ।


पुर्व- केन्द्रिय सल्लाहकार सुमन गोपाल आचार्य नवलपरासी प्याब्सन एक ढिक्का र एक मत भएर अगाडि बढ्नु पर्ने उल्लेख्य गर्नु भयो । प्याब्सन केवल निजी शैक्षिक संस्थाहरूको हक हितमा लाग्नु पर्ने हो, प्याब्सनले कहिले पनि पब्लिकेसनबाट कमिसन खाने, विद्यार्थीहरूको परीक्षाबाट शुल्क उठाउने काम गर्नु नहुने सुझाव दिनु भयो ।लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, केन्द्रिय सदस्य टिकाराम न्यौपाने र प्याब्सन नवलपरासीका सल्लाहकार इन्द्र बहादुर गुरुङले बोल्दै निजी शैक्षिक संस्थाहरूमा एकमत नभएसम्म केन्द्र देखि प्रदेश र स्थानीय तहसम्म एकमत हुनु पर्ने आवश्यकता औल्याउनु भयो । पहिलो र अहिलेको परिवेश फरक रहेको उल्लेख प्याब्सनले गरेको योगदानलाई राज्यले राम्रो मुल्यांकन नगरेको बताउदै अब एकमत भएर प्याब्सनले गरेको काम नागरीक समाज र सरोकारवालाले जानेको हुनुपर्ने धारणा राख्नु भयो ।


प्याब्सन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेलको अध्यक्षता, स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष डम्बर बहादुर गुरुङ्गको रहेको कार्यक्रमको सञ्चालन सचीव यज्ञ प्रसाद न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा सस्थामा योगदान गर्नु हुने व्यक्तिहरुलाई सम्मान गरिएको छ ।