बर्दघाटको मेलामा ७० हजार दर्शक र ३ करोड कारोबार

प्रकाशित मिति:

प्रकाश न्यौपाने

पुस २०

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा बर्दघाट उद्योग बाणिज्य संघद्रारा आयोजित मेलामा समापन भएको छ । १२ दिनसम्म चलेको मेलामा करिब ३ करोड बराबरको कारोबार भएको आयोजना बर्दघाट उद्योग बाणिज्य संघले जनाएको छ ।


बर्दघाटको मेलाले बजारीकरणमा ठुलो सहयोग पुर्‍याएको बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । “स्थानीय व्यापार र महिला उद्यमीलाइ सहुलियतमा स्टल उपलब्ध गराउदै नया र स्थानीय उद्योगीहरु बजार प्रबर्द्धनमा मेलाले सहयोग गरेको छ ।” नगर प्रमुख श्रेष्ठले भन्नुभयो । १३ दिन सम्म सञ्चालन भएको मेलाले बर्दघाटको पर्यटन बिकासमा मेलाले सपोर्ट गरेको धारणा राख्दै श्रेष्ठले आगामी दिनमा मेलाको स्वरुप परिवर्तन गर्नु पर्नेमा जोड दिनु भयो । अहिले मेलामा फिस टनेल नया आएको छ ।  आगामी दिनमा पर्यटकीय क्षेत्रहरु जोड्ने गरि प्याकेज बनाउने र पर्यटकीय क्षेत्रको बिकास गर्ने गरि नया योजनाका साथ मेलाको स्वरुप परिवर्तन गर्नुपर्ने श्रेष्ठको भनाइ छ ।


कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले आर्थिक बिकासका लागी निजि क्षेत्रसङ्ग हातेमालो गरेर अगाडि बढिने बताउनु भयो ।”कर निर्धारण, ब्यवसाय दर्ता, नगरमा सूचीकरण जस्ता बिषयमा नगरपालिका निजि क्षेत्रसङ्ग हातेमालो गरेर अगाडि बढ्ने छौं ।


संघका कार्यवाहक अध्यक्ष तारा प्रसाद गौतमले मेलाले राखेको उद्देश्य पूरा गर्दै मेला सम्पन्न भएको बताउनु भयो । “हामीले ब्यवसायीहरुलाई आपत बिपत्तिमा सहयोग गर्ने उद्देश्यले बिपत्ति कोषको स्थापना गरी कोषको वृद्धि गरीने छ ।”  गौतमले भन्नुभयो । बर्दघाट मण्डपमा महोत्सवमा विभिन्न सांगीतिक कार्यक्रम, मनोरञ्जनात्मक गतिविधि, तथा स्थानीय उत्पादन र प्रविधिहरूको प्रदर्शनी राखिएको छ। आयोजकले महोत्सवले क्षेत्रीय व्यापार, पर्यटन प्रवर्द्धन र मनोरञ्जनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छन्। संघमा आवद्ध सदस्यहरुलाई १ लाख रुपैया बराबरको दुर्घटना तथा औषधि उपचार बिमा गरेको र मेलाबाट आगामी दिनमा यो रकम वृद्धि गर्ने योजना रहेको गौतमले जानकारी दिनु भयो ।


मेलाले बर्दघाटको आर्थिक चलायमान गर्दै नगरको पर्यटकीय स्थलको बिकास, कृषि र पर्यटकीय क्षेत्रका सम्भावना जस्ता बिषयहरुको उजागर गरेको उद्योग बाणिज्य संघका सचिब डिल्लीराज कंडेलले उल्लेख गर्नु भयो ।


उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष टेक बहादुर बुढाथोकीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रम सचिब डिल्लीराज कंडेलले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रममा संघका तदर्थ समितिका संयोजक प्रदिप सुवेदी,बर्दघाट बजार विकास समितिका अध्यक्ष गोबिन्द पाध्याय लगायतले बोल्दै मेलालाई थप व्यवसायी मैत्री भएर पारदर्शी तवरले अगाडि बढाउनु पर्ने धारणा राख्नु भयो ।