प्रकाश न्यौपाने
पुस २० गते
नवलपरासी । निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) पश्चिम नवलपरासीको अध्यक्षमा डम्बर गुरुङ्ग सर्वसम्मत निर्वाचित भएका छन्। बर्दघाटमा सम्पन्न ३४ औं साधारणसभा एब १६औँ अधिवेशनले गुरुङ्गको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा घुरहु यादव, उपाध्यक्षमा बालकृष्ण लम्साल, सचिवमा अविनाश रेग्मी, कोषाध्यक्षमा विष्णु चौधरी, सहसचिवमा कृष्ण शर्मा, तथा सह-कोषाध्यक्षमा शन्तबहादुर चौधरी निर्वाचित भएका छन्। त्यस्तै, १७ सदस्यीय कार्यसमितिमा भुगोलतर्फका प्रतिनिधिहरूमा रामग्रामबाट दिपनारायण सहानी, बर्दघाटबाट देउमान झेडी मगर, सुनवलबाट भेषराज न्यौपाने, पाल्हीनन्दनबाट कम्लेस माली, तथा प्रतापपुरबाट राज कुमार मुराउ चयन भएका छन्।
भने खुला सदस्यतर्फ गोपाल बस्याल, सुमित पाठक, कमला शर्मा, र कृष्णप्रसाद गौतम पनि सर्वसम्मत चयन भएको प्याब्सन नवलपरासीका पुर्व अध्यक्ष इन्द्र गुरुङ्गले जानकारी दिनु भयो ।
नवनिर्वाचित अध्यक्ष गुरुङ्गले निजी विद्यालयहरूको गुणस्तरीय शिक्षालाई अझ सुदृढ बनाउन नयाँ नेतृत्व प्रतिबद्धता व्यक्त गर्नु भयो ।