ऋषिराम पाण्डेयको पहिलो उपन्यास ’आत्माको अदालत’मा विमोचन

प्रकाशित मिति:

स्याङ्जा कालीगण्डकी गाउंपालीका वडा नं २ कोटाकोटमा जन्मीएका साहीत्यकार ऋषिराम पाण्डेयको पहिलो उपन्यास ’आत्माको अदालत’मा भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा सञ्चालन भइरहेको दोस्रो दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीमा २०८१ साल पुष २० गते शनीवार वरिष्ठ साहित्यकार शीतल गिरि बाट विमोचन भएको छ । सो उपन्यासको प्रकाशन पाँच पोखरी प्रकाशन गृहले गरेको हो । उक्त उपन्यास पूर्वजन्म र आध्यात्मिक खोजको विषयमा आधारित उपन्यास हो । अध्यात्ममा प्यास भएका व्यक्तिका लागि यो एक खोजमूलक उपन्यास हुन सक्छ । जीवनको मूल्य बुझ्न तथा जीवनलाई सहज तरिकाले जिउनका लागि मार्गदर्शक बन्न सक्छ । सनातन–मार्गले बताएअनुसारको जीवन जिउने कला यसले सिकाउँछ, अध्यात्ममा रहेको ढोँगको पर्दाफास गर्छ र सत्यमा जीवनलाई समर्पित गर्नका निम्ति हामी सबैलाई उत्प्रेरित गर्छ । यस अघी उहाको सकारात्कम जिवन प्रसंग निवन्ध सग्रह प्रकाशीत भएको थियो ।