सिद्धार्थनगरमा पुर्वाधारतर्फ ५९ योजना कार्यन्वयनमा

प्रकाशित मिति:

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पुर्वाधार विकास तथा पुजीगत रकम खर्चलाई तिव्रता दिएको छ । पुजीगत बजेटको लक्ष्य हासिल गरी असारे बिकासलाई कम गर्न सयममै ठेक्का लगाउने, ठेक्का सम्झौता गरी काम अगाढी बढाउने काम अहीले धमाधम भैरहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले जानकारी दिए ।पालीकाहरुमा खासगरी समयमै ठेक्का नखोल्ने र बिभिीन बहानामा बजेट फ्रीज गराउने समस्या छ । त्यस्ता समस्या रोक्न सिद्र्धानगरले आर्थीबर्षको सुरुवात देखीनै ठेक्का लगाउने काम गरेको नगरप्रमुख खानले बताउनुभयो । नगरपालिकामा चालु आर्थीक बर्षमा पुर्वाधार बिकास शाखामा मात्रै उनसाठ्ठी योजना कार्यन्यनको चरणमा रहेका छन् । नगरपालीकाका पुर्वाधार बिकास तथा वातावरण व्यवस्थापन महाशाखा प्रमुख साकार श्रेष्ठका अनुसार यि सवै निमार्ण तर्फका योजना हुन । योजनाहरु नगरका १३ बटै बडामा सचांलनमा रहेका छन् । खासगरी सडक, ढल, नाला, भवन निमार्ण तर्फका योजनाहरु कार्यन्वयनमा आएका हुन् । जसमध्ये वडा नं ३ मा रहेको अधुरो टेकवाण्दो भवनमा थप पुर्वाधार निमार्ण, वडा नं ३ मा रहेको बस पार्कको स्तरउन्नती र वडा नं ११ मा बन्न लागेको कान्जी हाउस, सवदाहस्थल र पार्क निमार्ण रहेका छन् । कान्जि हाउसमा छाडा पशुचौपायकालागी सेड र सवदाह स्थल तर्फ मलामि बस्ने प्रतिक्षालयका साथै जलाउने स्थानमा सेड निमार्ण गरीने छ ।

त्यस्तै नगरका बिभीन्न बडालाई जोडेर ६ दशमलव ५ किलोमिटर एकतर्फी नाला निमार्ण हुदै छ । सडक तर्फ ग्राभेल सडक पाँच दशमलव ७ किलोमिटर निमार्ण हुदै छ । सडक तर्फ आरसिसी सडक पनि निमार्ण हुदै छ । सार्वजनिक सम्पक्ती संरक्षणको लागी १ सय ४० मिटर लामो पर्खाल निमार्ण पनि यसै बर्ष गरिदै छ । बिद्यालय तर्फ बडा नं २ मा रहेको बहिराबाल माध्यमिक बिद्यालयमा चारकोठो भवनको तल्ला थप, वडा नं ५ स्थित भैरहवा नमुना उच्च माध्यमिक बिद्यालयमा चार कोठे भवनको छत ढलान, बडा नं ११ स्थित भुजौली प्रावीमा तिन कोठे तला थप्ने काम पनि धमाधम भैरहेको छ । त्यस्तै बडा नं १० मा रहेको सुर्यदेव माध्यमीक बिद्यालयमा दुई कोठे भवनको छत ढलान, बडा नं २ मा रहेको मेउडीहवा आधारभुत विद्यालयमा सौचालय निमार्ण, बडा नं ८ मा रहेको लिलाराम माध्यमिक विद्यालयमा पनि सौचालय निमार्णको काम भैरहेको छ ।