शितलहरका कारण बर्दघाटका विद्यालय ३ दिन बिदा

प्रकाशित मिति:

प्रकाश न्यौपाने
पुस २४ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा रहेका विद्यालयहरू शितलहरका कारण बिदा गरिएको छ । नगर प्रमुख शम्भुलाल श्रेष्ठले शितलहरका कारण ३ दिन विद्यालय बिदा गरिएको बताउनु भयो ।


सोमबार राति देखी परेको शितलहरले जनजीवन कष्टकर बनिरहेको छ । शितलहरले गर्दा निरन्तर बढेको चिसो बढेकाले बर्दघाटका सम्पूर्ण विद्यालय २४, २५ र २६ गते बिदा गरिएको श्रेष्ठले उल्लेख गर्नु भयो । शीतलहर र अत्यधिक जाडोका कारण विद्यार्थीको पठनपाठन प्रभावित हुने देखिएकाले शैक्षिक विद्यालय बिदा गरिएको नगरले जनाएको छ ।


शैक्षिक क्यालेन्डरमा रहेको परिस्थितिजन्य बिदाबाट कट्टी हुने गरी ३ दिनको लागि पठनपाठन बन्द गरिएको शिक्षा शाखाले बताएको छ ।