सियारी गाउँपालिकाद्बारा न्यानो कपडा प्रदान

प्रकाशित मिति:

रुपन्देही । पछिल्लो केही दिन यता रुपन्देहीमा चिसो बढेसगै स्थानिय पालिकाहरुले न्यानो कपडा बितरण शुरु गरेका छन् । रुपन्देहीमा गत मंगलबारदेखि अत्याधिक मात्रामा चिसो बढेको छ ।चिसोबाट जोगाउनका लागि रुपन्देहीको सियारी गाउँपालिका सहित अन्य पालिकाहरुले पनि न्यानो कपडा बितरणलाइ प्रभावकारी बनाएका छन् । चिसो बढेपछि नागरिकको जनजिवन कष्टकर बनेपछि सियारीले नागरिकके घरदैलोमा पुगेर न्यानो कपडा वापत बलाङकेट बितरण गरेको छ। चिसो अत्याधिक मात्रामा बढेपछि रुपन्देहीको सियारी गाउँपालिकाले ७५ बर्ष माथिका नागरिक र अति असक्त नागरिकलाइ कम्मल बितरण गरेको छ ।सियारीले सबैजसो बडामा कम्मल बितरण गरेको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो ।चिसोका कारण मजदुरी गरेर जिविको चलाउनेहरु, बालबालिका र बृद्धबृद्धालाइ बढी मात्रामा समस्या परेको छ । चिसोका कारण सडकमा यातायातका साधन कममात्रमा गुडेका छन् भने नागरिक पनि कम मात्रामा घर बाहिर निस्कीएका छन्।