आर्थिक संकट मोचनको लागि सात बुदे सहमति :: उपसभापति गुरुङ

प्रकाशित मिति:

मोरङ। देशमा देखिएको आर्थिक संकट मोचनका लागी नेपाली काङ्ग्रेस र एमाले बीच सात बुदे सहमति भएको नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले बताउनु भएको छ ।पुर्व मन्त्री समेत रहनु भएका गुरुङले नेपाल प्रजातन्त्र सेनानी संघ कोशी प्रदेशको बिराटनगरमा चलेको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो ूघाम ताप्न सातबुदे सहमति भएको होइनू । घाम ताप्न नभई अहिलेको संकट मोचनको लागि सात बुदे सहमति भएको भन्दै सात बुदे सहमतिमा चन्द्र ग्रहण लाग्न दिन नहुने तर्फ पनि ध्यानाकर्षण गराउनु भयो ।

संविधान संसोधन पछि बाकी रहेका काम सकिने भन्दै सांसद गुरुङले संविधान संसोधनको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । रगतको खोलो बगाएर आएको प्रजातन्त्र धनको खोलाले बग्ने स्थिति बन्न नहुने तर्फ सचेत गराउदै सांसद गुरुङले त्यसको लागि संविधान संसोधन अपरिहार्य रहेको बताउनुभयो । अर्को पाटिको झण्डा बोक्दैमा कोहि दुश्मन नहुने तर्क गर्दै उहाँले नेपालीको दुश्मन गरिबी,अभाव,भ्रष्टाचार,बेथिति रहेको तर्क गर्नुभयो । उहाँले भन्नुभयो हाम्रो दुश्मन बेथिति,अराजक,भ्रष्टाचार हो,फरक झण्डा बोक्ने होइन,त्यसैले एक पाटिले अर्को पाटीलाई गाली गर्नुको कुनै औचित्य छैन,हामी सबै मिलेर हाम्रो दुश्मन विरुद्ध लड्नु पर्छ ।

प्रजातन्त्र सेनानीको अधिवेशन उद्घाटन गर्दै उपसभापति गुरुङले प्रजातन्त्रको लागि लड्दा जिब्रोमा करेन्टको सजाय भोग्नु परेका पाटी सभापति शेरबहादुर देउवा संग धेरै कुरा सिक्न सकिने तर्क राख्नुभयो । उहाँले भन्नुभयो  प्रजातन्त्रको लागि अहोरात्र लडेकै प्रजातन्त्रको सेनानी आज पाटी सभापति हुनुहुन्छ । यो प्रजातन्त्र सेनानी संगठनको लागि गर्वको कुरा हो ।