सुरेश छन्त्याल-गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको घुम्टे बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वाषिर्कोत्सव साधारणसभा सम्पन्न भएको छ।सहकारीका अध्यक्ष चन्द्राकुमारी श्रीसको अध्यक्षता सहकारीका निवर्तमान उपाध्यक्ष तथा निवर्तमान वडा सदस्य धनबहादुर सुनारको प्रमुख आथितियतामाचन्द्राकुमारी श्रीसले अध्यक्ष प्रतिवेदन प्रस्तुत र लेखा संयोजक ससिराम काउचाले लेखा प्रतिवेदन पेस गर्नु भएको थियो।कार्यक्रममा बोल्दै गलकोट नगरपालिका १० का निवर्तमान वडा सदस्य तथा संस्थाका निवर्तमान उपाध्यक्ष धनबहादुर सुनारले राष्ट्रियस्तरमा सहकारीको बदनाम भइरहेको हुदा स्थानीय गाउँमा भने सहकारीप्रति संङ्खा उपसंङ्खा नगरेर दुक्क भएर बचत गर्न सबैमा आग्रह गर्नु भएको थियो । यसै क्रममा सहकारी अभियान्ता दुर्वल काजी राजभण्डारीले सहकारी भनेको के हो, किन सहकारी हामीलाई आवश्यक रहेन्छ, सहकारीमा नै किन बचत गर्ने, सहकारीको काम र कर्तव्य के हो भन्ने विषयमा सहजिकरण गर्नु भएको थियो ।
३० लाख ११ हजार ६ सय संस्थाको पुजी रहेको जानकारी दिदै संस्थाले ४४ लाख ६८ हजार ३ सय ३ सहकारीले आम्दानी संगै ४ लाख ६३ हजार ६ सय ५९ मुनाफा रहेको र संस्थाले हालसम्म २ करोड ६८ लाख ५६ हजार १ सय ५२ कारोवार गरेको सहकारीमा ६१३ शेयर सदस संगै बचतकर्ता रहेको सहकारीका लेखा सदस्य गिरिप्रसाद थापले जानकारी दिनुभयो। कार्यक्रमको अवसरमा जेष्ठ नागरिक सम्मान, असल ऋणि सम्मान, उत्कृष्ट १२ पास विद्यार्थी सम्मान त्यस्तै पत्रकार सुरेश छन्त्याललाइ समेत सम्मान गरिएको थियो ।सहकारीका कोषाध्यक्ष तेजकुमारी पुनको स्वागत मन्तव्य संगै सचिव कर्णकुमारी काउचाको संचालनमा सम्पन्न भएको थियो।