शासन सञ्चालनमा राजनीतीर र प्रशासन बिचको अन्तरसम्बन्ध तथा सिमाहरु बिषयक कार्यशाला सम्पन्न

प्रकाशित मिति:

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमिति रुपन्देहीले शासन सञ्चालनमा राजनीती र प्रशासन बिचको अन्तरसम्बन्ध तथा सिमाहरु बिषयक कार्यशाला सम्पन्न भएको छ । कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य संसद , राज्यव्यवस्था तथा सुशासन समितिका सदस्य वासुदेव घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।आधिकारिक ट्रेड युनियन जिल्ला कार्यसमितिका अध्यक्ष रमेश पाण्डेको अध्यक्षतामा कार्यशाला सुरु भएको थियो । अध्यक्ष पाण्डेले स्थानिय तहका जनप्रतिनिधि र प्रशासनिक कर्मचारीबिचको अन्तरघुलन र स्थानिय सरकार सञ्चालनका निमित्त कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रमको मुख्य उदेश्य रहेको बताए ।

आधिकारिक ट्रेड युनियन रुपन्देहीका उपाध्यक्ष तथा कार्यशालाका संयोजक भोजराज न्यौपानेले स्वागत मन्तव्य राख्दै रुपन्देही जिल्लाका १६ वटै पालिकामा कर्मचारी र राजनीतिक दलका प्रतिनिधि बिच भौतिक रुपमा उपस्थित भएर तालमेल गरी विभिन्न समस्यालाई अन्त्य गरेको बताए । राज्य सञ्चालनमा राजनीति र प्रशासनको नंग र मासुको सम्बन्धलाई स्थापित गर्न आधिकारिक ट्रेड युनियन लागेको बताए । आधिकारिक ट्रेड युनियनले सामाजिक , सृजनात्मक कार्यक्रम,कोरोना कालमा सहयोग , बृक्षारोपण , वृद्धाआश्रममा सहयोग गरि सामाजिक उत्तरदायित्व निर्भाह गरेको बताए । राजनीतिले भरेको नीति र कार्यक्रमको बन्दुक पड्काउने कार्य गर्ने संयन्त्र नै प्रशासन हो उनले भने ।कार्यक्रममा राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष उत्सव न्यौपाने , नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष चक्रपाणी पाण्डे , नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष प्रेम प्रसाद खनाल लगायतले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी सांसद घिमिरेले पछिल्लो समय कर्मचारी र राजनितिज्ञ बिच सुमधुर सम्बन्ध स्थापित गर्न राज्य लागिपरेको बताए । उनले सुशासन स्थापित गर्न कर्मचारीले राजनितिज्ञलाई सहयोग र राजनितीज्ञले कर्मचारीले कोरेका खाका अनुरुप बिकासमा अगाडि बढ्न मद्धत पुगेको बताए । पछिल्लो समय देशमा नयाँ शक्तीको पलायन हुँदा नयाँ शक्तीले प्रशासनिक क्षेत्रमा ध्यान नदिएको कारण सरकारले छुट्टै खाका कोरी दक्ष जनशक्ति रोक्ने प्रयास गरेको बताए ।कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष यज्ञ गैरे , बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे , बुटवल उपमहानगरपालिकाका पुर्व उपप्रमुख गोमादेवी आचार्य लगायतले मन्तव्य राखेका थिए ।कार्यशालामा कार्यपत्र प्रस्तुतको क्रममा इलाका प्रशासन कार्यालय बुटवलका कार्यालय प्रमुख रामचन्द्र अर्यालले नीति, योजना बजेट ,कार्यक्रम तर्जुमा , कार्यकारी शक्ति र कार्य सम्पादन , विस्वसनियता अभिवृद्धि , प्रशासनिक धारणा , कार्यपालिका बैठकबाट बजेट बिनियोजन गर्ने परम्परा अन्त्य गर्ने , उपभोक्ता बाट काम भन्दा ठेक्काबाट गर्ने लगायतका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।कार्यक्रमको सञ्चालन आधिकारिक ट्रेड युनियन रुपन्देहीका सचिव राम प्रसाद शर्माको रहेको थियो ।