हे बरै ! १२ वर्षमै आमा

प्रकाशित मिति:

पुष १९ काठमाडौं । सामान्यतया नेपालमा महिलाले बिहे गर्ने उमेर २० पारी हुन्छ । शिशु जन्माउने त त्यसपछि । तर काठमाडौंको थापाथलीस्थित प्रसूतिगृहमा बुधबार दिउँसो एक १२ वर्षीया बालिकाले शिशु जन्माइन् । दिउँसो करिब सवा ३ बजे उनले छोरी जन्माएकी हुन् । शारीरिक अंगहरुको राम्रोसंग विकास नभएको भन्दै उनको शल्यक्रिया गरी शिशु जन्माइएको हो ।

मकवानपुरको बिकट राक्सिराङ गाउँपालिका–३, औलेकी गंगामाया चेपाङले २ किलो ९ सय ग्रामको शिशु जन्माएकी हुन् । उनी र शिशुको स्वास्थ्य समान्य रहेको छ । उनी गर्भवती भएको जानकारी पाएपछि एक महिनाअघि उनलाई मकबानपुरबाट झिकाएर प्रधानमन्त्री कार्यालयले थापाथलीस्थित प्रसूतिगृह लगेको थियो । उनी राक्सिराङ–३, पलाँसेस्थित सूर्योदय माविमा कक्षा–४ मा पढ्दै थिइन् । तर मामाघर जाने क्रममा कैलाश गाउँपालिकाको भार्ताका कक्षा ३ मा पढ्ने रञ्जितसँग लभ परेपछि २०७४ पुस ८ गते उनीहरुले भागी बिहे गरेका थिए । यो घटनाले बालबिबाहमात्र होइन सरकारको योजनालाई समेत ठाडो चुनौती दिएको छ । शिक्षालाई चुनौती दिएको छ । पाँच तारे होटलमा बसेर योजना बुन्नेहरुलाई चुनौती दिएको छ । शहरमा बसेर पीडित अशिक्षितका नाममा डलर कमाउनेहरुलाई एक पटक लाज देखाइदिएको छ ।
@समाचारपत्र