मर्चवारमा रक्तदान सहित स्वास्थ्य शिविर सम्पन्न

प्रकाशित मिति:

मर्चवारमा रक्तदान सहित स्वास्थ्य शिविर सम्पन्न भएको छ। कटैमाई गाउँपालिका स्थित मजगवा स्वास्थ्य चौकीमा सम्पन्न कार्यक्रम जसमा १६ युनिट रगत सङ्कलन गरिएको छ भने २०० भन्दा बढी विरामीले स्वास्थ्य सेवा लिनुभएको छ जसमा स्वास्थ्य सेवा प्रदान गर्नुहुने डाक्टरहरूमा नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर सुमन पौडेल जनरल सर्जरी डाक्टर विष्णुमूर्ति भट्टराई साथै महिला तथा बाल अस्पतालबाट मेडिकल अफिसर दीक्षा चापागाई लगायत नेपाल नियमित रक्तदाता संघकेन्द्रीय कार्यालयबाट महासचिव दीपक अधिकारी सदस्य बुद्धि ज्ञवाली राजकुमार श्रेष्ठ सहित जिल्ला अध्यक्ष अशेष सिलवाल उपाध्यक्ष भाष्कर साही सदस्य सुनिल लगायत रेडक्रसबुटवल ब्लड बैंकबाट प्रतिनिधिज्यूहरू साथै कटैमाई गाउँपालिका प्रमुख स्वास्थ्य प्रमुख स्वास्थ्यका सम्पूर्ण प्रतिनिधि लगायत विभिन्न वडाका जनप्रतिनिधिहरू को सहभागीमा उक्त कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ।