सकारात्मक सोंच र हाम्रो दृष्टिकोण

प्रकाशित मिति:

 – प्रेम पुन्थोकी/

जीवन हाम्रो हो तसर्थ जीवनमा हिड्ने बाटो पनि आफ्नै हुनुपर्छ । जीवन जीउने तरिका र जीवनमा जित्ने तरिका पनि आफ्नै हुनुपर्छ । त्यसैले भनिएको होला ,‘जीवनमा सफल हुनेहरु फरक काम भन्दा पनि कुनै पनि काम फरक तरिकाले गर्छन ।’ आफ्नो मालिक आफै बन्नलाई आफैमा स्वायत्तता स्थापित गर्न सक्नुपर्छ । शुरुकै शब्दमा थोरै छलपल गरौं,हाम्रो दृष्टिकोणले हामीलाई कसरी गाइड गरिरहेको हुन्छ त ?

कुरा बस्तु या व्यक्तिको वास्तबिकता भन्दा पनि हाम्रो दृष्टिकोणले प्रभाव पारिरहेको हुन्छ । आजका हरेकाका गतिबिधिहरु आफ्नो मूल्यांकन भन्दा पनि अरु प्रति खनिनमा उद्धत छन् , चाहे त्यो जुनसुकै क्षेत्र किन नहोस् । एउटा उत्प्रेरक प्रसंगमा कतै लेखिएको छ ‘फूलबारीको फूल , मात्र फुलेर रहेको हुन्छ नकी अरुस“ग प्रतिस्प्रर्धा गरेको होस्’ यो प्रसंगले हाम्रो जीवनका धेरै कुराको तथ्यस“ग जोडिएर रहेको छ । फूलबारीमा फूल फुलिरहेको हुन्छ , फूलबारीको शोभा मात्र हैन तपाई हामी धेरैको मन पनि जितिरहेको हुन्छ तर हामीलाई त्यसरी मन्त्रमुग्ध पार्ने फूलहरुमा कहिल्यै पनि फुल्नकै लागि कतै पनि आपसमा प्रतिस्प्रर्धा देखिन्न , किनकी त्यो फूललाई प्रतिस्प्रर्धा भन्ने कुराहरु थाहा छैन मात्र फुल्नुपर्छ भन्ने कुरा थाहा छ । हाम्रो जीवन पनि यस्तै हो फरक यत्ति हो , हामी पनि फुल्ने दौडमा छौं तर हाम्रो फुलाई फूलवारीको फूलको जस्तो स्वतन्त्र फुलाई छैन , हामीले आफुले के गर्ने भन्दा पनि अरुले के गर्यो र के भयो भन्न मा उद्धत छौं । केही अगाडि कुनै एक प्रसंगमा कुरा उठेको थियो, हाम्रो प्रतिस्प्रर्धि हामी आफै हो र प्रतिस्प्रर्धा अरुस“ग नभएर आफै बिगत स“ग र परिवर्तन अथवा बिकाश हिजो भन्दा आज फरक बन्न कै लागि आफैले गर्नुपर्ने हो । जसरी एउटा फूलले फुल्नुपर्छ भन्ने मात्र जानेको छ र फुल्न सफल भएको छ , हामी पनि हामीले केही गर्नुछ भनेर कसै जस्तो बन्ने दौड भन्दा पनि आफै जस्तो बन्नु आवश्यक छ । प्रतिस्प्रर्धा आफैमा गलत हैन न त सिको गर्नु नै गलत हो तर यसले हामीलाई त्यहा सम्म मात्र पुराउ“छ जो अरु पुग्न सके । के तपाईलाई लाग्छ तपाईको गन्तव्य अरु पुगेको ठाउ“ सम्म हो ? अपवाद बाहेक धेरैको गन्तव्य आफ्नै हुन्छ र अरु भन्दा माथि पुग्नुमा छ अथवा अरु भन्दा फरक बन्नु छ । जीवन हाम्रो हो तसर्थ जीवनमा हिड्ने बाटो पनि आफ्नै हुनुपर्छ । जीवन जीउने तरिका र जीवनमा जित्ने तरिका पनि आफ्नै हुनुपर्छ । त्यसैले भनिएको होला ,‘जीवनमा सफल हुनेहरु फरक काम भन्दा पनि कुनै पनि काम फरक तरिकाले गर्छन ।’ आफ्नो मालिक आफै बन्नलाई आफैमा स्वायत्तता स्थापित गर्न सक्नुपर्छ । शुरुकै शब्दमा थोरै छलपल गरौं,हाम्रो दृष्टिकोणले हामीलाई कसरी गाइड गरिरहेको हुन्छ त ? अन्यथा अर्थ नलागोस् बिषय प्रसंगको तपाई हामीले सुन्दै आएको एउटा कथा छ ः चार जना दृष्टि गुमाएकाहरुले हिड्दै गर्दा बाटोमा हात्ति भेटे , उनीहरुलाई हात्ति हुन्छ भन्ने थाहा थियो तर कस्तो हुन्छ भन्ने कुरा थाहा थिएन, अब उनीहरुलाई छामेरै हात्ति कस्तो हुन्छ भन्ने कुरा अनुमान लगाउनु पर्ने भयो । चार जना मध्ये एक जनाले कान छामे भनें, हात्ति त सुपा जस्तो पो हु“दोरहेछ ल, अर्को जनाले सिंगो जिउ छामे अनि भने, हात्ति त पहाड जस्तो हु“दो रहेछ , अर्कोले पुच्छर छामे, अर्कोले सु“ड छामे अनि आआफ्नै बुझाई अनुसार हात्तिलाई बुझे । कथामा हात्तिलाई जसरी चार जनाले फरक फरक तरिकाले बुझे त्यो आफैमा गलत थिएन किनकी हात्ति उनीहरुले भने जस्तै थियो फरक हात्ति बास्तवका उनीहरुले भने जस्तै तर सबै मिश्रित थियो यो त हाात्ति र दृष्टिबिहिनहरु मथि बनाइएको कथा मात्रै थियो तर हामी जीवनका धेरै ठाउ“हरुमा यसरी नै बास्तविकता भन्दा कम बढि या फरक बुझेर बसिरहेका छौं । त्यसैले कतै भनिएको छ ‘कुनै पनि बस्तु जस्तो छ , हामी त्यस्तो देखिरहेका हुन्नौं, हामी त्यस्तो देखिरहेका हुन्छौं , आफु जस्तो छौं ’ । यसर्थ परिवर्तनको लागि सबै भन्दा पहिले आफुमा परिवर्तन ल्याउनु आवश्यकता रहेछ । बुझाई, धारणा तथा स्वाभावहरुले हामीलाई निर्देशित गरिरहेका हु“दा रहेछन् । जब हामी आफुमा सकारात्मक परिवर्तन ल्याउन सक्छौं र अरुलाई पनि सकारात्मक आ“खाले हेर्न सक्छौं । जब सबैले सबै तिर सबैमा सकारात्मक भावको बिकाश गर्न सकिन्छ तब मात्र समुन्नत समाज निर्माण संभव रहन्छ । त्यस भन्दा बढि आफुमा आत्मबिस्वास र केही गर्ने आ“ट स“गै आफ्नो बास्तविता भित्रबाट संभावनाको खोजी गर्न सकिन्छ । हामी भित्र संभावना देख्न सकेका छैनौं अथवा खोज्न सकेका छैनौं र जीवनमा केही गर्न नसकेको भनेर आफै प्रति हारेको महशुस गरिरहेका छौं । सकारात्मक सोंचौं , सकारात्मक बनौं र सकारात्मक समाज निर्माणको लागि आ–आफ्नो ठाउ“बाट सरिक हौं ।