सरकारको नीतिः नेपालमा अब भिख मागेर खान नपाइने, माग्नेले जेल जानुपर्ने

प्रकाशित मिति:

काठमाडौं,१९ पुस- काठमाण्डुका सडकपेटीमा बढ्दै गएका बेवारिसे वृद्धवृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ । प्रहरीले बेवारिसे वृद्धवृद्धालाई आश्रममा पुर्याउने तथा भिख माग्नेलाई कारबाही गर्ने योजना बनाएको हो । महानगरीय परिसरका अनुसार पक्राउ गरिएका वृद्धवृद्धालाई आश्रममा राखिनेछ । भिखारीको हकमा भने स्वदेशी र विदेशी छुट्याएर कानुनअनुसार कारबाही गरिनेछ । नयाँ पत्रिकाबाट