काठमाडौं अदालत र न्यायाधीशको अपमान गर्ने गरी अभिव्यक्ति दिएको बताउँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता भएको छ।वरिष्ठ अधिवक्ता त्रिपाठीले टेलिभिजन अन्तर्वार्तामा अदालत र न्यायाधीशको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको आरोप लगाइएको छ। त्रिपाठीमाथि कारवाहीको माग गर्दै निवेदक दिलबहादुर राईले मुद्दा दिएका हुन्। अवहेलना निवेदनमाथि सुनुवाईका लागि आइतबार पेशी तोकिएको छ।