मंगलबारदेखि अवरुद्ध टावर संचालनमा

प्रकाशित मिति:

सुरेश छन्त्याल-नेपाल टेलिकमको मोबाइल नेटवर्कुमा आएको समस्या समाधान भएको छ। टेलिकमको प्रि–पेड र पोस्टपेड दुवै मोबाइलमा मंगलबार बिहानैदेखि समस्या देखिएको थियो।नेपाल टेलिकमका मोबाइल फोन अवरुद्ध भएपछि ग्राहकहरू मर्कामा परेका थिए। आजदेखि अवरुद्ध टेलिकमको सेवा चल्न थालेको छ। मंगलबार देखि प्रि–पेड र पोस्टपेड मोबाइलमा फोन नलाग्ने समस्या आएको थियो।

गलकोट नगरपालिकाको काडेबासको थालेपोखरामा रहेको रिपिटर टावरमा समस्या आउदा नेटवर्क अवरुद्ध हुन पुगेको भन्दै नेटवर्कमा समस्या आएपछि प्राविधिकको टोलीले समस्याको समाधान गर्नका लागि जेनेरेटर जडान गरेपनि काम नगरेको भन्दै ब्याकअप चार्ज गरेर पनि प्रयास गर्दा भएको टेलिकम बागलुङका प्रमुख सन्तोष बरालले जानकारी दिनुभएको छ।साथै यहि महिनामै केन्द्रीय विद्युत जडान गरि पछि समस्या हल हुने टेलिकमले जनाएको छ।नेटवर्क अवरुद्ध हुदा बडिगाडगाउपालिको रणसिहकिटेनी, जलजला गलकोट नगरपालिकाको पाण्डबखानी र रमुवाका सेवा ग्राहक सेवाबाट बन्चित भएका थिए । नेटवर्क समस्याको समधान भए पनि यस क्षेत्रका ग्राहकहरुमा खुसि देखिएको छ।