म्यानचेष्टर युनाइटेडको लगातार चौंथो जित

प्रकाशित मिति:

नयाँ प्रशिक्षकको रुपमा ओले गुनर सोल्सजायरले टिम सम्हालेपछि म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार चौंथो जित निकालेको छ। बुधबार राति सम्पन्न खेलमा युनाइटेडले न्यूक्यासललाई २–० गोलअन्तरले पराजित गरेको छ।
न्यूक्यासलको घरेलु मैदानमा भएको खेलमा युनाइटेडको जितमा रोमेलु लुकाक र मार्कुस रास्फोर्डले गोल गरे। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि ६४ औं मिनेटमा सब्स्टिच्युट खेलाडी लुकाकुले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए।

त्यस्तै ८० औं मिनेटमा साञ्चेजको पासमा मार्कुस रासफोर्डले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। त्यसपछि निर्धारित र अतिरिक्त समयमा थप गोल हुँन सकेन र युनाइटेडले बाँजी मार्यो। जितपछि २१ खेलबाट ३८ अंक जोडेको युनाइटेड छैटौं स्थानमा छ। पराजित न्यूक्यासलको १८ अंकका साथ १५ औं स्थानमा छ। जितपछि युनाइटेडका प्रशिक्षक गुनरले आफूले क्लब छोड्न नचाहेको प्रतिक्रिया दिएका छन्।