सघर्षले खारीएका गल्कोटका लालसिह : हटियाको घास दाउरा देखी फोनेमपोममा होटेलका मालिकसम्म !

प्रकाशित मिति:

कम्बोडिया – काम प्रती निरन्तर धैर्यता,मेहनत र अनुशासन भैरहयो भने सफलताका लागी त्यति धेरै भौतारिनु पर्दैन् भन्ने ज्वलन्त उदाहरण बनेका छन् बाग्लुङ गल्कोट हटिया ३ का लालसिंह खड्का । उमेरले झण्डै ५ दशक नजीक पुगेका खड्का एउटा सामान्य होटलको कर्मचारी देखी आज आधा दर्जन भन्दा धेरै होटलका सञ्चालक आफैं हुन्छु भन्ने सायदै सोचेका थिएनन् । तर समयक्रम संगै २५ वर्ष देखीकाे अनवरत मेहेनतले उनलाई आज देश भन्दा कैयौ टाढा कम्बोडियाकाे आकर्षित शहर/ राजधानी फोनेमपाेममा उम्दा ब्यवसायीकाे रुपमा पहिचान थपीदिएको छ । सामान्य परिवारमा हुर्किएका उनी आफ्नो बाल्यकालमा घाँस दाउरा सङ्गै स्कुले जीवन गुजारे । घरको सामान्य अवस्थाका कारण रोजगारीको लागी भारतको दिल्ली पुगेका उनी समयको गती संगै कम्बोडिया आएर जागिर/ व्यवसाय सञ्चालन गरेको पनि २५ वर्ष बितिसकेको छ । २००९ मा जागीरको सिलसिलामा थाइल्याण्ड हुदै कम्बोडिया आइपुगेका उनी हाल ६ वटा होटेलका मालिक मात्रै भएका छैनन् २ दर्शन भन्दा धेरैलाई रोजगारी पनी दिएका छन । यो बीचमा उनले गरेकाे सघर्षकाे कथा बेग्लै र अनुकरणीय छ। होटेल क्षेत्रमा भारतबाट नै काम सिक्दा सिक्दै सेफ बनेका उनी हाल गैर आबासीय नेपाली संघ कम्बोडियाको दोश्रो कार्यकालकाे अध्यक्ष पनि कुशलता पुर्वक नेतृत्व गरिरहेका छन् । म सुरु देखी नै होटल क्षेत्रमा काम गर्थे , राजधानीको व्यस्त शहर फोनेमपाेमकाे आफनै होटल मध्यको एक ओल्ड दरबारकाे छैठौं तलामा भेटिएका खड्काले पुराना सघर्षका दिनहरू सुनाउदै भने – सुरुमा आर्मीमा प्रयास गरेको थिए । त्यहाँ सफल नभय पछी दिल्लीका विभिन्न होटलमा काम सिक्दै अघी बढे । जागिरे बुवाका सन्तान भएका कारण मलाई पनि राम्रो जागिर खाने मन थियो । गाउँका सवै लाहुरे भएको देख्दा मलाई त्यता तिर जाने रहर हुन्थियो तर भाग्यले व्यवसायमा डोराउन लेखेको रहेछ । ” कफी सफ देखी गेस्ट हाउस सम्म सञ्चालन गरेका उनलाई भतिज र भाइहरूले पनी साथ दिईरहेका छन । आज छोटो समयमा आफनै आखा अगाडी कम्बोडियाको विकास देख्दा उनी छक्क पर्छन् । मैले होटल सञ्चालन गर्दा फाट्टफुट्ट पर्यटक आउँथे अहिले भारत लगायत पश्चिमा देशका पर्यटकहरुको बाक्लो उपस्थिती हुने गरेको छ , खड्काले कुराकानीलाइ बेलीविस्तार लगाउदै गए – कुनै पनि देशको विकासको मेरुदण्ड भनेको त्यहाँको कृषि र पर्यटन हो जुन कम्बोडियाले दिन दुगुना रात चौगुना फडको मारेको छ । यहाँ देश बाहिर बाट आउने र व्यवशाय सुरु गर्नेहरूका लागी राम्रो माहोल र सहज पनि देखिन्छ । ” उनले आफुले व्यवसायबाट आर्जन गरेको मुनाफाकोे केही हिस्सा नेपालका विभिन्न क्षेत्रमा लगानी गरेका छन् । “समाजिक काममा उत्तिकै अग्रसर ” व्यापार व्यवसायका अलावा उनी विभिन्न सामाजिक काममा पनि उत्तिकै अग्रसर छन । कम्बोडिया रहेका र अलपत्र परेका नेपालीहरुको लागी उद्दार तथा सहयोगका लागी उनी खटिरहेका हुन्छ्न । त्यसो त सघ मार्फत नेपालमा भूकम्प बाढी पहिरो जस्ता विपतमा पनि सहयोग गरिरहेका भेटिन्छन् । गल्कोटका बिभिन्न ठाउँमा पनि खेलकुद र सामाजिक क्षेत्रमा उनले सक्दो सहयोग गरेकाे बताए । उनी आफ्नो क्षेत्रमा याेगदान गरेका कारण धेरै ठाउँमा सम्मानित पनि भैसकेका छन। मैंले यो सफलता प्राप्त गर्छु भन्ने सोचेकै थिइनँ – सदाबहार मन्द मुस्कानसहित उनी अगाडी थप्छन् – हिजोको तुलनामा केही स्तर बढे पनि मैले आफ्नो सामाजीक उत्तरदायित्व अन्तर्गत सक्दो सेवा गर्ने प्रयास गरेको छु।” हाल उनकोे नेतृत्वमा विभिन्न व्यापार व्यवसाय र रोजगारी गरेर बसेका झण्डै २०० जना संस्थामा क्रियाशील छन् भने पहिलो पटक सन् २००९ मा एन .आर. एन .कम्बोडियाको स्थापना भयको समेत खड्काले बताए। उनको टिमले कम्बोडीयामा नेपाली राजदूतावास स्थापना गर्नको लागी पनि विशेष पहल गरिरहेको छ । एन.आर. एन.काे यहि मार्च १७ देखि १९ सम्म एसिया प्रशान्त क्षेत्रको १० औं सम्मेलनकाे तयारीको व्यस्तताका बावजुत नेपाली कफीकाे अन्तिम चुस्की लिँदै कुराकानीलाइ बिट मार्नु अघी खड्काले भने – सफलताका लागी कुनै पनि ब्यापार ब्यवसायमा निरन्तरता चाहिन्छ। जस्ताे कठीन परिस्थितिलाइ पनि सम्हालेर हिँड्न सक्नु पर्दो रहेछ। र राज्यले गैर आबासीय नेपालहरूलाइ हेर्ने नजरमा पनि परिवर्तन गर्नु पर्छ ।