दया भाव किन चाहिन्छ ? हेर्नुहोस् आजको नीति वचन

प्रकाशित मिति:

दयाहीनं निष्फलं स्यान्नास्ति धर्मस्तु तत्र हि ।
एते वेदा अवेदाः स्युर्दया यत्र न विद्यते ।। –नीति श्लोक
दयाहीन कार्य निष्फल हुन्छ । त्यहाँ धर्म पनि प्राप्ति हुँदैन । जुन वेदोक्त कर्म पनि होइन ।
वेदले दया भाव नित्य राख र त्यसलाई व्यवहारमा पनि उतार भनी आदेश गरेको छ । निर्दयी भएर गरेको कामको कुनै पनि फल मिल्दैन । यस्तो कार्यले धर्म पनि हुँदैन । जहाँ दया हुँदैन त्यहाँ वेद पनि अवेद हुन पुग्छ । त्यसैले हामी हरेक कार्यमा दयालु बन्न सक्नु पर्दछ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् ।