सरकारले राजपाको माग पूरा गर्यो, रेशम चौधरीलाई सपथ !

प्रकाशित मिति:

काठमाडौं, १९ पुस – कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरीले संसदको सपथ लिने भएका छन् । बिहीबार बिहान साढे ११ बजे प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको कार्यकक्ष सिंहदरबारमा उनलाई सपथ ग्रहण गराउन लागिएको सभामुखमा प्रेस सल्लाहकार डिल्ली मल्लले बताएका छन् ।
पार्टीका नेताहरुले सांसद चौधरीलाई सपथ दिलाउन र संघीय संसदको काम कारबाहीमा सहभागी हुने व्यवस्था गर्न संघीय संसदमा र सचिवालयसँग बारम्बार माग गर्दै आएका थिए ।