शिव डुम्रे – वालिङ- वसन्त पन्चमीका अवसरमा श्री सरस्वती मावि, वालिङ १३ ले सरस्वती मन्दिरको शिलन्यास कार्यक्रम सम्पन्न गरेको छ।
शिलान्यास कार्यक्रमको उद्घाटन गर्दै बरिस्ठ उधोगपति एवम् धार्मिक व्यक्तित्व डोलराज पंगेनीले शैक्षिक क्षेत्रमा धार्मिक र नैतिक जग बसाल्नु पर्नेमा जोड दिनुभएको थियो। गह्रौसुर मन्दिरको संरक्षक, गुरू योजनाको योजनाकार समेत रहनु भएका पंगेनीले शिक्षा क्षेत्रलाई समय सापेक्ष परिवर्तन गर्दै लैजानुपर्ने बताउदै यस विध्यालयको मन्दिर निर्माणको लागि यथोचित सहयोग गर्ने प्रतिवद्दता सहित विधालयको अक्षयकोषमा एक लाख एकाउन्न हजार नगद, विध्यार्थीको लागि एक लाख पचास हजार बराबरको खेलकुद सामाग्री र स्थानिय आमा समूहलाई एकाउन्न हजार नगद सहयोग उपलब्ध गराउनु भएको थियो।
कार्यक्रममा विधालयका पुर्व प्र अ चण्डी प्रसाद पाठक, पुर्व विधार्थी तथा जनपत्रकार संगठन नेपालका पुर्व केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, धार्मिक व्यक्तित्व पण्डित नेत्र प्रसाद पराजुली, शिक्षक अभिभावक संघका सदस्य हेमन्त गैह्रेले शुभकामना मन्तब्य राख्दै ५० वर्ष पुरा गर्दै गरेको विध्यालय स्वर्ण महोत्सव संघारमा आउदै गर्दा खुशी लागेको बताउदै आगामी चैत्रमा हुने स्वर्ण महोत्सव सभ्य र भब्य वनाउन सबै लाग्नु पर्ने बताउनु भयो। कार्यक्रममा विधालयको वर्तमान अवस्था र भावि योजनाको विषयमा विधालयका प्र अ याम बहादुर कुवरले र आय व्याय शिक्षक तुल्सीराम पाठकले जानकारी गराउनु भएको थियो। कार्र्यक्रममा चन्दादाताहरू संस्थापक घनश्याम पाठक, पुर्व शिक्षक उद्द प्रसाद पाठक, शिक्षक तुल्सीराम पाठक, पुर्व विध्यार्थी यामलाल पाठक लगायतलाई सम्मान गरिएको गरिएको थियो। विधालय व्यवस्थापन समितिका अध्यक्ष नमलाल डुम्रेको अध्यक्षतामा आयोजित कार्यक्रमको स्वागत मन्तब्य सहायक प्र।अ। कमलकान्त पौडेल, सरस्वती वन्दना शिक्षिका भोजकुमारी पाण्डे र सञ्चालन शिक्षक विनोद खनालले गर्नु भएको थियो।