वार्षिकउत्सवको अवसरमा रक्तदान कार्यक्रम

प्रकाशित मिति:

दुर्वाषा वचत तथा ऋण सहकारी संस्था लि. ले १५ औँ वार्षिकउत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रक्तदान कार्यक्रम संस्थाका अध्यक्ष श्री इश्वरी प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नियमित रक्तदाता समाजका केन्दिय अध्यक्ष दया वहादुर सिलवालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रम संस्थाका सचिव राधिका पोखरेलले सञ्चालन गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष तथा कार्यक्रम सयोजक हिमलाल घिमिरेले स्वागत मन्तवय राख्नुभएको थियो। प्रमुख अतिथिले रगतको महत्व तथा हालसम्म पनि जनचेतनाको अभावले रक्तदान गर्न अझै पनि कतिपय मानिसले रगत दिन नचाएको वताउनुभएको थियो।उक्त कार्यक्रममा ३५ पइन्ट रगत संकलन भएको जानाकारी संस्थाका व्यवस्थापक लक्ष्मण रेग्मीले जानाकारी गराउनु भयो ।