महिला मैत्री नगर निर्माणका लागि तिलोत्तमा नगरपालिका अन्र्तराष्ट्रिय रुपमा छनौट

प्रकाशित मिति:

यमलाल भुसाल- बुटवल  माघ- हरेक कुरामा अग्रस्थानमा चर्चित रहेको रुपन्देहीको तिलोत्तमा नगरपालिका पुन महिला मैत्री नगर निर्माणको लागि अन्र्तराष्ट्रिय रुपमा छनौट भएको छ । सरसफाई र वातावरणी हिसावले मुलुकमै पहिलो स्थापित नगरपालिका । फिनलेण्ड सरकारको युनाईटेड नेशन अफिस फर प्रोजेक्ट सभिर्सद्वारा महिला मैत्री नगर निर्माणको लागि छनौट भएको हो ।नगरपालिकाले गरेका काम , बढाएको सम्पर्क र समन्वय तथा बिभिन्न चरणका तयारी बैठकबाट नगरपालिका छनौटमा पर्न सफल भएको हो । छनौटमा परेको यो योजना नगरपालिकामा सन २०२५ मार्च १ देखी पूर्ण रुपमा कार्यान्वयमा आउने छ । छिटै युनाईटेड नेशन अफिस फर प्रोजेक्ट सभिर्स र नगरपालिका बीच परियोजना सम्बन्धका लागि सम्झौता हुने नगरपालिकाका कार्यकारी अधिकृत नारायण अर्यालले बताउनु भयो ।

फिनलेण्ड सरकारद्वारा प्रदान गरिने यो परियोजनाले विशेष गरि नगर पािलका क्षेत्रभित्र रहेको खुला स्थानको सदुपयोग, खुला स्थान सम्बद्ध नीति निर्माणमा सहयोग, परियोजना निर्माण र सन्चालनमा क्षमता बिकास, जनपरिचालन, पूर्वाधार निर्माण र ज्ञान,सिकाई ब्यवस्थापनमा सहयोग गर्ने कार्यकारी अधिकृत अर्यालले बताउनु भयो ।