यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति:

काठमाडौं, १९ पुस – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८५ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ०१ पैसा रहेको छ ।त्यस्तै कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा रहेको छ । युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा रहेको छ ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०७ पैसा र बिक्रीदर २७ रुपैयाँ २१ पैसा, कुवेती दिनार १ को खरिददर ३६८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७० रुपैयाँ ८८ पैसा तोकिएको छ । बहराईन दिनार १ को खरिददर २९७ रुपैयाँ ०३ पैसा र बिक्रीदर २९८ रुपैयाँ ६२ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकको तुलनामा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।