डिलाराम भुसाल- कपिलवस्तु, जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले बजार अनुगमनलाई तीव्रता दिइएको छ । गत गत सोमवार देखि ३ दिन सम्म लगातार बजार अनुगमने ग्रर्दा शुद्धोधन ,कृष्णनगर , शिवराज , बुद्धभुमि र कपिलबस्तु नगर पालिकाको विभिन्न स्थान बाट ३ दिनमा १ लाख ९० हजार जरिवाना गरेको बताएको छ । आज बुधबार तौलिहवामा गरिएको ६ मिठाई पसलको अनुगमनका क्रममा कैफियत भेटिएका तिन मिठाई पसललाई ६० हजार जरिवाना गरिएको बताएको छ । बहादुरगंजको पुजा मिष्ठान्न भण्डार तथा चन्द्रौटाको गौरव स्विटस हाउस र एक किराना पसललाई दश ,दश हजार जरिवाना तोकिएको र शुद्धोधन गाउँपालिकामा रहेको पनोरमा बेकरी उद्योग लाई ५० हजार र रिलाईन्स पानीको लाई ५० हजार जरिवाना गरिएको बताएको छ ।अनुगमन गर्दा बिगतको निर्देशन पालना नगरेको भेटिएका कारण दुवै उद्योगलाई जरिवाना गरिएको बताएको छ । कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी पर्मानन्द घिमिरे, प्रमुख प्रशासकिय अधिकृत प्रेमराज रोकाहा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख सरोज खनाल, कपिलवस्तु नगरपालिकाका सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालय कपिलवसतुका उद्योग बिकास सहजकर्ता बिनय सैनी सहितको टोलीले बजार क्षेत्रका मिठाई पसलको आकस्मिक बजार अनुगमन गरेको बताएको छ । सो क्रममा पहिलो पटकमा दिएको निर्देशन उल्लंघन गरेका तिन मिठाई पसल मध्य दुई पसललाई २५÷२५ हजार र एक मिठाई पसललाई १० हजार रुपैया जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख सरोज खनालले बताएका छन् । अनुगमनका क्रममा गुणस्तरहिन भेटिएको तेल, पकौडा, समोसा लगायतको सामाग्री समेत नष्ट गरिएको छ । व्यापारीले अखाद्य वस्तु मिसाईएको मिठाईहरु बिक्री गर्दै आएको जनगुनासोका आधारमा आकस्मिक बजार अनुगमन गरेको बताएको छ ।
मंगलबार पनि टोलीले शुद्धोधन गाउँपालिकामा रहेको पनोरमा बेकरी उद्योग र रिलाईन्स पानीको अनुगमन गर्दा बिगतको निर्देशन पालना नगरेको भेटिएका कारण दुवै उद्योगलाई १ लाख जरिवाना लगाएको बताएको छ । बजारमा अखाद्य वस्तु नियन्त्रणको उदेश्यले नियमित बजार अनुगमन गर्न शुरु गरिएको कपिलबस्तुका सहायक प्रमुख जिल्ला अधिकारी पर्मानन्द घिमिरेले बताएका छन् । पहिलो पटक भविष्यमा गल्ति नगर्न सम्झाई बुझाई निर्देशन दिदा पनि निर्देशन पालना नगरेको ले कारवाही स्वरुप जरिवाना गराईएको बताएको छ । यस अघि बहादुरगंज, चन्द्रौटा, गोरुसिंगेमा बजार अनुगमन गरिएको बताउदै अब चाड पर्व लक्षित मात्रै नभई आकस्मिक र निरन्तर बजार अनुगमन गरिने उनले जानकारी दिए । अनुगमनका क्रममा मिठाई पसलहरुले पत्रिकामा मिठाई बेचेकोे, अत्याधिक रंगको प्रयोग गर्नुका साथै पसलमा अत्याधिक फोहर भेटिएको र जनस्वास्थ्यको मापदण्ड पालना गराउन प्रशासन लागि परेको घिमिरेले बताएका छन् । साथै किचनको ब्यवस्थापन र सरसफाई गर्न, पसल दर्ता गर्न १५ दिनको अल्टिमेटम दिइएको छ । किराना पसलहरुबाट म्याद गुज्रेका खाद्यसामाग्री पनि नष्ट गरिएको बताएको छ ।
यता कपिलबस्तुको बुद्धभुमि स्थीत गोरुसिंगेको अर्घाखाँची चोकका ठेलापसलहरु अब्यस्थीत भएको बताएको छ । ठेलामा संचालित नास्ता पसलमा सरसफाई नभएको, खुला रुपमा पकौडा, सेलरोटी, अण्डा लगाएत खाध्यवस्तु राखेको पाइएकाले ठेलामा फाइबरको सिसा लगाएर ब्यवस्थीत गर्न १५ दिनको समय दिइएको बताएको छ । १५ दिनभित्र ब्यवस्थीत तवरले पसल संचालन नगरे ठेलाहरु जफत गरिने सहायक प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताएका छन् । अहिले सबै पसलहरुलाई सम्झाएर छाडेको भन्दै अब पनि अटेरी गरे कारवाही गरिने घिमीरेले बताएका छन् । कपिलबस्तुमा विगतका दिनहरुमा धेरै जसो चाड पर्व लक्षित मात्रै बजार अनुगमन गरिदा बजारमा खाध्यवस्तु गुणस्तरहिन बेच्नेहरुलाई अन्य समयमा सजिलो भएको थियो अहिले कपिलबस्तुका सहायक प्रमुख जिल्ला अधिकारी पर्मानन्द घिमिरेले जिल्ला आए लगतै जिल्लामा अनुगमन लाई त्रिव्रता दिनुका साथै जिल्ला प्रशाशन बाट सेवा लिन आउने सेवा सेवाग्राहीहरु छिटो छरितो तरिका वाट सेवा प्रदान भएको जिल्ला वासिहरुको भनाई छ ।