ट्रम्पसँग कुनै पनि बेला भेट्न तयार छु: किम

प्रकाशित मिति:

सोल (एजेन्सी) उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्विपलाई परमाणु निसस्त्रीकरणको साझा उद्देस्य हासिल गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै बेला भट्न तयार रहेको बताएका छन् । तर आफनो देश विरुद्ध अमेरिकी नाकाबन्दी र दबाव जारी रहेमा बैकल्पिक मार्ग लिन सक्ने पनि उनले चेतावनी दिएका छन् । नयाँ बर्षको उपलक्ष्यमा राष्ट्रिय टेलिभिजन प्रसारित सम्बोधनमा किमले निसस्त्रीकरण उनको ‘दृढ चाहना‘ भएको बताए । उत्तर कोरियाले ‘देश र विदेशमा हामीले परमाणु हतियार परिक्षण र निर्माण नगर्ने र त्यसको प्रसारण र प्रयोग पनि नगर्ने घोषणा गरिसकेको‘ उनले थपे ।

प्योङयाङले कयौं ब्यवहारिक कदम चालिसकेकोमा यदि वासिङटनले पनि ब्यवहारिक कार्य तथा विश्वासयोग्य कदम देखाएमा द्विपक्षिय समन्धको विकास अर्थपुर्ण ढंगले तिब्र रुपमा अगाडी बढ्ने किमले बताए ।

भविष्यमा कुनै पनि बेला अमेरिकी राष्टपतिसँग बस्न र असफल नै नुहने गरि अन्तराष्ट्रिय समुदायबाट सराहना गर्ने नतिजाका लागि कडा काम गर्न म तयार छु ‘, किमले बताए ।

यसैबीच यदि अमेरिकाको नाकाबन्दी र दबावमा कुन परिवर्तन नहुने हो भने र एक पक्षिय रुपमा आफुहरुलाई मात्र बाध्य पार्ने कार्य भइरहेमा देशको सार्वभौमसत्ताको रक्षाका लागि नयाँ मार्ग पहिल्याउन सकिने पनि उनले चेतावनी दिए ।