प्रकाश न्यौपाने
फाल्गुन ४ गते
नवपरासी। पश्चिम नवलपरासीको बर्दघाट ४ मा रहेको न्यु लाइफ माध्यमिक विद्यालयले विद्यार्थी विद्यार्थी केन्द्रित कार्यक्रम गरी वार्षिक उत्सव मनाइरहेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थम अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी हाल कृषि पशुपंक्षी तथा विकास मन्त्रालयका उपसचिव शालिग्राम पौडेलको प्रमुख आतिथ्यतामा रहेको थियो ।
फाल्गुन ४ गते आइतबार र ५ गते सोमबार गरी दुई दिनसम्म रहने रहने ३० औँ वार्षिक उत्सवमा विद्यार्थीका प्रतिभाहरूमा केन्द्रित रहने विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक सन्तोष अधिकारीले विद्यालयको वार्षिक उत्सवमा विद्यार्थीहरूका प्रतिभालाई प्राथमिकतामा दिएको उल्लेख गर्नुभयो। “हामीले कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूका विभिन्न प्रतिभाहरूलाई प्राथमिकताका साथ राखेर वार्षिक उत्सव मनाइरहेका छौं ।” अधिकारीले भन्नुभयो
कक्षा नर्सरीदेखि कक्षा १२ सम्म हरेक कक्षाका विद्यार्थीहरूले कक्षागत रुपमै गीत तथा नाच प्रस्तुत गर्ने, अतिरिक्त क्रियाकलापहरूमा भाग लिने खेलकुद प्रतियोगिता गर्ने, उत्कृष्ट नतिजा दिने विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको विद्यालयका सञ्चालक डीबि अधिकारीले जानकारी दिनुभयो । विद्यार्थीहरूद्वारा रचित गीत कविता र अन्य प्रतिभालाई प्राथमिकताका साथ उजागर गर्ने उद्देश्यका साथ वार्षिक उत्सवमा विद्यार्थी केन्द्रित रहेर कार्यक्रम गरिएको अधिकारीको भनाइ छ ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थम अधिकारीले विद्यालयले उत्कृष्ट नतिजाका साथसाथै विद्यार्थी केन्द्रित क्रियाकलापमा जोड दिएको जानकारी दिनुभयो। हामी सैद्धान्तिकमा अब्बल छौँ भन्ने कुरा हाम्रो नतिजाले प्रष्ट पारेको छ र व्यावहारिकमा अब्बल छौँ भन्ने कुरा विद्यार्थी केन्द्रित कार्यक्रमहरूबाट नै अभिभावकहरूले बुझ्न सक्नुहुने अधिकारीको भनाइ छ।
कार्यक्रममा कक्षा ११ र १२ होटल म्यानेजमेन्टमा अध्ययनरत विद्यार्थीहरूले खान महोत्सव समेत सञ्चालन गरेका छन् । जसमा नेपाली तथा चाइनिज एवं साउथ इन्डियन खानाका विभिन्न परिकारहरूको व्यवस्थापन मिलाइएको थियो।विद्यार्थीकै सक्रियतामा तयार पारेकाे विभिन्न खानाका परिकारहरू विद्यार्थीहरूले अतिथिहरूलाई खुवाइएको थियो। कार्यक्रममा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, नाटक प्रदर्शनी लाखे नाच जस्ता विभिन्न जातजातिका सांस्कृतिक पहिरनमा नृत्य प्रस्तुत गरेका छन् ।