कथा : बदनियत

५ श्रावण २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
0 Shares


-उषा तिवारी

र्षातको मौसम चारैतिर बाढी(पहिरोले वातावरणलाई नै बिथोलिरहेको बेला हामी दुईलाई भने केहीले रोकेन। भन्छन् ‘जहाँ इच्छा त्यहाँ उपाय’। नयाँ दिल्लीबाट २८ घण्टाको लामो रेल यात्रा गरेर पुग्यौँ सुन्दर नगरी गोवा,जो क्षेत्रफलको हिसाबले भारतको सबै भन्दा सानो राज्य हो । समग्र दुनियाँमा गोवा आफ्नो प्राकृतिक सुन्दरताले भरिपूर्ण सामुन्द्रिक तटहरुले प्रसिद्ध मानिन्छ । गोवा पहिले पोर्चुगलको एउटा उपनिवेश थियो । पोर्तगालीहरूले लगभग ४५० वर्ष शासन गरे ।

अन्ततस् सन् १९६१मा यो भारतीय प्रशासनको हातमा आयो।त्यति बेलादेखि यो भूमिले आफ्नो प्राकृतिक सौन्दर्यको जादुबाट संसारका प्रायस् सबै पर्यटकहरूलाई मन्त्रमुग्ध पार्न सफल छ । हामीलाई पनि यसको चुम्बकीय मोहनीले आकर्षित नगरी छाडेन। शहरदेखि केही पर कोल्वा द्यभबअज९समुद्र तट० नजीक स्टार बीच रिसोर्टको २०३ नम्बर रूममा बसेर निहाल्न थाल्यौँ गोवाको लावण्य । दिनको ठीक १२ बजेको छ। वर्षा(रानी पनि शान्त भएकी।घामका बैजनी किरणहरूले पूरै कोठा झलमल्ल छ। आँखा खोलेर पनि उठ्ने मन छैन।हिजोको घुमाईको थकाईले होला सके १
‘उठ न मीरा जाऊँ बाहिर केही बेर घुमौ’ ,’ह्या एकछिन सुत्न देऊ न देव’ ‘कति सुत्छ्यौ तिमी’रु यहाँ सुत्न आएकी कि घुम्न’रु छिटो उठ नत्र म हिँडेँ एक्लै’ अहो १ ल ल पख म तयार हुन्छु । हामी दुवै तल रिशेप्शनतिर झर्छौं ।
तल चर्काचर्की चलिरहेको थियो । खानाको टेबलमा खाइसकेका र कुनै आधा खाना बाँकी रहेका प्लेटरू यता उता छरिएका थिए । १२।१३ जना व्यक्तिहरू एकोहोरो चिच्याइरहेका थिए । एउटाले ‘यहाँ का मैनेजर कौन है रु जल्दी बुलाओ’ भन्दै थियो । अर्को ‘ऐसा भी कोई करता है क्या रु सावन का महीना चल रहा, इस समय मांस मछली को हाथ लगाना भी पाप है, सब बरबाद करदिया सालों ने’ यस्तै के के अपशब्द बोलिरहेका थिए ,हामी भने अलमल्ल परेर तमाशा हेरिरहेका थियौं । मलाई खुलदुलि भयो । बाहिर गएर सेक्युरिटी गार्डसँग सोधेँ।
खानामा साङ्ग्लो परेकाले यति ठूलो काण्ड मच्चिएको रहेछ । ती मान्छेहरु केहीबेर कराइरहे अनि गालि गर्दै बाहिर निस्के हामी पनि उनीहरूको पछि पछि त्यहाँबाट घुम्न निस्कियौँ । गेट बाहिर पुग्ने बित्तिकै एउटाले भन्यो ‘अरे यार आज तो तुमने कमाल ही कर दिया’ अर्कोले भन्यो ऐसा नहीं करते तो पेट कैसे भरते जनाब’रु कल रात पकडी हुई ककरोज काम आई हा हा हा हा । म सोच्दै थिएँ’ के यही हो आजको पीँढी ?

-भरतपुर – ३, नारायणगढ, चितवन नेपाल। (पल्लभबाट साभार)

फेसबुकबाट तपाईको प्रतिक्रिया