बुटवल उ.वा.संघद्वारा इलाका प्रहरी कार्यालय बुटवलका प्रनाउ पण्डितलाई विदायी

प्रकाशित मिति:

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले इलाका प्रहरी कार्यालय बुटवलबाट प्रदेश प्रहरी कार्यालय गण्डकीमा सरुवा हुनु भएका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितलाई विदायी गरिएको छ । सोमबार संघमा एक कार्यक्रमका विच उहाँलाई विदायी गरिएको हो ।त्यस अवसरमा बोल्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले प्रनाउ पण्डित १३ महिनाको अन्तरालमा बुटवलमा रहँदा नागरिकले सुरक्षाको अनुभूति गर्ने खालको सुरक्षा व्यवस्थापन मिलाउन सफल भएको उल्लेख गर्नुभयो । उहाँले प्रनाउ पण्डितले अवैध गतिविधिलाई निगरानी, नियमन र नियन्त्रण गर्ने काममा पनि अब्बल भूमिका निर्वाह गरेको आफूहरुले पाएको बताउँदै भोलीका दिनमा पनि यस्ता सफलता प्राप्तीका लागि नचुक्न र नागरिकको भरोसा कायम राखिराख्न आग्रह गर्नुभयो ।

अघिल्लो वर्षको पुस १३ गते इलाका प्रहरी कार्यालय बुटवलमा आउनु भएको प्रनाउ पण्डित प्रदेश प्रहरी कार्यालय गण्डकीमा सरुवा हुनु भएको छ । विदायी कार्यक्रममा बोल्दै प्रनाउ पण्डितले कर्मचारीका लागि सरुवा बढुवा नियमित प्रकृया भएको र कार्यसम्पादनमा पनि नागरिकको साथ र सहयोगले सफलता प्राप्त हुने भनाई राख्नुभयो । उहाँले आफू बुटवलमा रहँदा नागरिक, स्थानीय संघसंस्थाको साथ र सहयोगले नै आफूलाई सफलता मिलेको भनाई राख्दै अपराध अनुसन्धानमा समयमा प्राप्त हुने सूचनाले कार्यसम्पदनमा सहज हुने सफलता पनि प्राप्त हुने भनाई राख्नुभयो । कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजू, संघका पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो भने कार्यक्रम महासचिव मुक्तिप्रसाद अधिकारीको सञ्चालनमा भएको थियो ।