रामपुर पाल्पामा आधुनीक पार्क निमार्ण हुने

प्रकाशित मिति:

पाल्पा – रामपुर । पाल्पाको रामपुर नगरपालिकामा १ करोड ३५ लाख ८४ हजार २ सय ८१ रुपैयाँ ३० पैसाको लागतमा पार्क निर्माण हुने भएको छ । १२ रोपनी क्षेत्रफलमा निर्माण हुने सुविधा सप्पन्न पार्कमा २ हजार ७ सय ८६ वर्गमिटर पदमार्ग ,पानीको फोहोरा विभिन्न प्रजातिका फुलको बगैँचा,२ वटा चौतारी बन्न लागेको नगर प्रमुख रमण बहादुर थापाले जानकारी दिनु भएको छ । उक्त स्थानमा फुलबारी, बोटविरुवा, विश्रान्ती, शिव मन्दिर,पानीको पोहरा, फ्रि वाईफाई सहित लाइट जडान गरेर पार्क बनाइने भएको हो ।

रामपुर नगरपालिका बेजाड बजारको मध्य भागमा रहेको नगरपालिकाले उपभोक्तालाई लक्षित गरेर आरामको व्यवस्था गर्न पार्क बनाउने योजना अनुरुप काम भइ रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले बताउनु भयो ।ग्रामिण विकास तथा साना सहरी पूर्वाधार निर्माण योजना अन्त्तर्गत शहरी विकास मन्त्रालय लुम्बिनी प्रदेश को २६ करोड ७१ लाख रुपैयाँ मध्य १ करोड ३५ लाख ८४ हजार २ सय ८१ रुपैयाँ ३० पैसाको लागतमा बन्न लागेको पार्कमा नगरपालिकाको कम्पाउण्ड सहित २ वटा चौपारी ,पानी फोहोरा,विभिन्न प्रजातिका फलफुलको बगैंचा बनाउन लागिएको नगर प्रमुख रमण बहादुर थापा वताउनु भयो