लोक गीतको क्षेत्रमा नयाँ गीत ‘माडी बगर’ सार्वजनिक भएको छ । लोक तथा दोहोरी गायक प्रचण्ड जि.सी. र गायिका पुर्णकला वि.सी.को स्वरमा रहेको गीतले सबैको ह्दय छुन सफल छ । अत्यन्तै भावुक बनाउन सक्ने गीतमा सुवास के. सी.को शब्द र प्रचण्ड जि.सी.को संगीत सृजना रहेको छ ।
म्यूजिक भिडियोमा सुवास के.सी. र रजनी गुरुङ्को जीवन्त र कलात्मक अभिनय रहेको छ । भिडियोको निर्देशन कमल भक्तले गर्नुभएको छ भने छायाङ्कन विरेन्द्र परियारले गर्नुभएको छ ।
गायिका प्रिति आलेको आधिकारिक युट्युव च्यालनबाट सार्वजजिक गीत अहिले अर्को सामाजिक सञ्जाल टिकटकमा अत्याधिक प्रयोग भैरहेको छ ।
गीत हेर्न तलकाे लिङ्कमा क्लिक गर्नुहाेस् ।