फाल्गुन । बुटवल ११ देवीनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसको ४४ औ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रम आयोजना गरी मङ्गलबार सम्पन्न भएको छ ।क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता रहेको उक्त समारोहमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यता रहेको थियो ।मूल समारोहमा बोल्दै प्रमुख अतिथि पाण्डेयले क्याम्पसले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै दोश्रोपटक पनि नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पस घोषित लुम्बिनी वाणिज्य क्याम्पस तेस्रो चरणको क्यूएएको अन्तिम प्रक्रियामा रहनु यस क्षेत्रकै लागि गौरवको विषय रहेको बताउनुभयो ।
समारोहमा संस्थापक क्याम्पस प्रमुख महेश्वर प्रसाद श्रेष्ठ, शैक्षिक व्यक्तित्व अर्जुन खनाल, पब्लिक क्याम्पस प्राध्यापक संघ इकाई समिति अध्यक्ष धन बहादुर पुन, कर्मचारी संघ इकाई समिति अध्यक्ष पुस्कर भुसाल, स्ववियु अध्यक्ष विजय कार्की, विद्यार्थी नेताहरु दीपक पाण्डे, सिद्धार्थ श्रेष्ठ, नारायण पाण्डे लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको मूल समारोहमा विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई छात्रवृत्ति, साताव्यापी रुपमा सञ्चालन भएका अतिरिक्त क्रियाकलापहरुका विजयीहरुलाई प्रमाण पत्र तथा शिल्डले पुरस्कृत गरिएको थियोे भने २५ वर्षदेखि क्याम्पसमा सेवारत रहनुभएकी सहायक प्रशासक लक्ष्मी पोख्रेल खनाललाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो। सो अवसरमा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए । मूल समारोह संयोजक उपप्राध्यापक मधुकर शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन उपप्राध्यापकद्वय मुकुन्द ज्ञवाली र पुनाराम घिमिरेले गर्नुभएको थियो ।