बुटवल पब्लिक स्कुलको २२ औं वार्षिकोत्सव तथा रिसर्च सेन्टर एण्ड स्पोर्टस एकेडेमीको उद्घाटन

प्रकाशित मिति:

बुटवल पब्लिक स्कुलको २२ औैं वार्षिकोत्सव कार्यक्रम तथा अभिभावक दिवस सम्पन्न भएको छ । बुधवार आयोजित एक कार्यक्रमका बीच दिवस मनाईएको हो । सो अवसरमा विद्यालयका विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालयको वार्षिकोत्सव कार्यक्रम तथा रिसर्च सेन्टरको उद्घाटन गर्दै तिलोत्तमा नगरपालीकाका मेयर रामकृष्ण खांणले नगरपालीकालाई शैक्षिक हब बनाउन विद्यालयका गतिविधी, विद्यार्थीको जागरुकता र नगरपालीकाको भुमिका रहने भएकाले त्यसतर्फ लाग्न आग्रह गरे । उहाले पालीका भित्रका संस्थागत विद्यालयले लगानी गरेर विद्यार्थीका लागि बनाएका संरचना, नविनतम अभ्यासले पालीकाको नाम उचो बनाउने भएकाले त्यसमा पालीका साथ दिन तयार रहेको बताउनु भयो ।।

उहाले बुटवल पब्लिक स्कुलले निर्माण गरेको रिसर्च सेन्टर एण्ड स्पोर्टस एकेडेमीले विद्यालयमा अध्ययनरत विद्यार्थीको पढाई बाहेकको अन्य क्रियाकलापलाई समेत उजागर गर्न सघाउने विश्वास लिएको बताउनु भयो । अझ धेरै संस्थागत विद्यालय खुलेर पालीकालाई शिक्षा क्षेत्रमा अग्रणी बनाउन सकिने उहांको भनाई रहेको थियो । शैक्षिक गतिविधी र विद्यार्थीलाई आंच आउनेगरि कसैले पनि कुनै नराम्रो क्रिायकलाप गर्न खोजे पालीकाले त्यसलाई कारवाहीको दायरामा ल्याउने र विद्यालय जस्तो शान्ति क्षेत्रमा विद्यार्थीले शान्त वातावरणमा पढ्न पाउनुपर्ने नगर प्रमुख खाणंको भनाई रहेको थियो ।कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक हेमलाल शर्मा भुषालले २०६० सालमा विद्यालय खोल्दा बाहिरी पक्षले गरेको नकारात्मक आक्रमणले यहांसम्म आइपुग्न हौसला मिलेको बताउनु भयो । उहाले शिक्षा क्षेत्रमै केही गर्छु भनेर आफु लागिपरेकाले विचल्लीत नभई विद्यालयलाई रिसर्च सेन्टर स्थापना गरुन्जेल सम्मको बाटोमा ल्याई पुर्याएको बताए । सो अवसरमा विभिन्न क्षेत्रबाट विद्यालयको उन्नयनमा योगदान पुर्याएकाहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा शैक्षिक पत्रकारिताका मार्फत शिक्षा क्षेत्रमा पु–याउनु भएको योगदानको उच्च मूल्याङ्कन र कदर गर्दै पत्रकार हरु सन्जु पौडेल , टोपराज शर्मा, कपील ज्ञवालीलाई नगद दोसल्ला तथा प्रशंसापत्रसहितसम्मानित गरीएको थियो । त्यस्तै, विद्यालयका सल्लाहकार, रिसर्च सेन्टर निर्माणका लागि काम गरेका ईन्जिनियर, शुभचिन्तक लगायतलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोख्रेल, तिलोत्तमा नगरपालीका वडा न ११ का अध्यक्ष विष्णु बहादुर बराल क्षेत्री लगायतले बोल्दै रुपन्देहीको तिलोत्तमा ३ स्थित बुटवल स्कुलले गरेको प्रगति प्रशंसनीय रहेको बताएका थिए ।