कपिलबस्तुको सनवागढमा फेला परे पुरातात्विक वस्तु

प्रकाशित मिति:

१९ पुस, चन्द्रौटा । कपिलवस्तुको सनवागढमा पुरातत्व विभागले उत्खनन् गर्दा पुरातात्विक वस्तुहरु फेला परेका छन् ।उत्खननको क्रममा लुम्बिनीको मायादेवी मन्दिरको बाहिरी भागमा प्रयोग भएका ढुंगा तथा इँटाहरु फेला परेकाले सनवागढ पनि तत्कालीन राजाको दरबार हुनसक्ने अनुमान गरिएको छ ।कपिलबस्तुको शिवराज नगरपालिका ३ मा पर्ने सोनवागढमा पुरातत्व विभागले पहिलो चरणको उत्खनन् गर्दा पुराना इँटा, माटोका भाँडाका टुक्रा र माटाका घोडा तथा मूर्तिहरु भेटिएका हुन् । उत्खननको क्रममा शिव मन्दिरमा बनाइने शिवको बाहन बसाहा समेत भेटिएको छ ।प्रदेश सभा सदस्य अर्जुन केसीले पहिलो चरणको उत्खननको क्रममा फेला परेका पुराना बस्तुहरुबाट सोनवागढको सम्बन्ध लुम्बिनीसँग भएको हुनसक्ने अनुमान गरिएको बताए । उनले स्थानीय तह लगायत प्रदेश सरकारबाट आगामी वर्ष बजेट व्यवस्था गरेर यस क्षेत्र आसपासका सबै ठाउँमा उत्खनन् जारी राख्ने बताए ।

उत्खनन् गर्दा फेला परेका पुरातात्विक वस्तु यसै क्षेत्रमा संग्रहालय बनाएर प्रदर्शनीमा राख्न प्रयास गर्ने शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताए ।