बर्दघाट-९ मा शिवपुराण महायज्ञ भक्तजनकाे उल्लाहसमय उपस्थिती

प्रकाशित मिति:

फाल्गुन ९ गते
नवलपरासी। पश्चिम नवलपरासीको बर्दघाट-९ नाउडाँडास्थित कैलासकोट शिव मन्दिरको आयोजनामा शिवपुराण ज्ञान महायज्ञमा भक्तजनकाे उपस्थिति उल्लेखनीय रहेको छ। फाल्गुन ४ गतेदेखि सुरु भएको महायज्ञमा दिन प्रतिदिन भक्तजनहरुकाे उपस्थिती बढिरहेको छ।


११ दिनसम्म सञ्चालन हुने यस महायज्ञमा भागवत अलङ्कार पं. श्री नेत्र प्रसाद नरोत्तम शरण प्रमुख वाचक रहनु भएको छ। महायज्ञको उद्घाटन सन्त शिरोमणी श्री १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराजले गर्नु भएको छ।


वैदिक धर्मको संरक्षण गर्दै यज्ञहरूलाई ज्ञान र वास्तविक आध्यात्मिक उद्देश्यका साथ महायज्ञ गरिएको महायज्ञ संयोजक चन्द्रकान्त चापगाईले जानकारी दिनुभयो । श्री कैलाशकुट शिवमन्दिर, बर्दघाट-९ भुताहामा पुनर्निर्माण तथा जग्गा खरिद गरी धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो । सनातन वैदिक धर्म, संस्कृति, दर्शन, परम्परा, रीतिरिवाजको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले महायज्ञ सम्पन्न गरिने आयोजक मूलसमारोह समितिका संयोजक चापागाईंले जानकारी दिनु भयो।


कार्यक्रम अन्तर्गत प्रत्येक दिन बिहान पूजा आराधना, शिव पुराण पाठ, हवन एवं अभिषेक ११ जना ब्राम्हणद्वारा रुद्राभिषेक, कथा प्रवचन, साँझ महा आरती तथा प्रसाद वितरण र भजन-कीर्तन गरिएको मन्दिर व्यवस्थापन समितिका संयोजक दीपक खरालले जानकारी दिनु भयो।


महायज्ञमा, लघुरुद्राभिषेक, नवग्रह पूजा, सप्तशती पाठ, भूमि एवं तुलादान, विवाह उत्सव, जन्मोत्सव, नवग्रह शान्ति तथा भोजन प्रसादका लागि दान गर्ने इच्छुक व्यक्ति तथा संघसंस्थाले कम्तीमा एक दिन अगाडि नाम दर्ता गराउनु सकिने यज्ञ मूल आयोजक समितिका सहसंयोजक दीपक थापाले जनाकारी दिनु भयो।


महायज्ञमा रु. ५०१-११११ सहयोगकर्ताको नाम मञ्चबाट वाचन गरिने, रु. १९१२-२३६९ दानकर्तालाई रुद्राक्ष माला द्वारा सम्मान गरिने, रु. ५००६-१०१११ सहयोगकर्ताको नाम मितामा इनामेलले लेखिनेछ। त्यस्तै रु. ६१०१२-२११११ सहयोगकर्ताको नाम शिलालेखमा समावेश गरिनेछ। रु. २१११२-५११११ सहयोगकर्तालाई आजीवन सल्लाहकारमा मनोनयन गरिनेछ। रु. ५१११२-१००१११ दानदातालाई वरिष्ठ आजीवन सल्लाहकारको रूपमा दोसल्ला ओढाइ सम्मान, रु. १००११२-२००६१८ सहयोगकर्तालाई मन्दिर संरक्षकको रूपमा घोषणा गरिनेछ । भने रु. ५००३६९ भन्दा माथि सहयोग गर्ने दाताहरूलाई ताम्रपत्रद्वारा सम्मान गरिनेछ। आर्थिक समिति संयोजक भीम खनालले जानकारी दिनु भयो।


महायज्ञलाई भव्य तथा व्यवस्थित बनाउन मूलसमारोह समिति, स्थानीय संघसंस्था एवं श्रद्धालु भक्तजनहरू जुटिरहेका छन्। आयोजक समितिले सबै धार्मिक श्रद्धालुहरूलाई महायज्ञमा सहभागिता जनाउन आग्रह गरेकाे छ । महायज्ञलाई भव्य तथा व्यवस्थित बनाउन मूलसमारोह समिति, स्थानीय संघसंस्था एवं श्रद्धालु भक्तजनहरू जुटिरहेका छन्। आयोजक समितिले सबै धार्मिक श्रद्धालुहरूलाई महायज्ञमा सहभागिता जनाउन आग्रह गरेको छ।