प्रकाश न्यौपाने
नवलपरासी, फागुन १० । नवौँ संस्करणको सूर्यनगर गोल्ड – कप २०८१ अन्तर्गत क्वार्टर फाइनल चरणको दोस्रो खेल रोमाञ्चक टाइब्रेकरमा समाप्त भएको छ। निर्धारित समयसम्म खेल २-२ गोलको बराबरीमा टुंगिएपछि, ट्राइब्रेकरमा बीरगञ्ज युनाइटेडले देवदह ब्वाइज, रूपन्देहीलाई ५-४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका बीरगञ्जका जर्सी नम्बर १ दिलमारी चौधरी ‘म्यान अफ द म्याच’ घोषित भए। खेल निकै प्रतिस्पर्धात्मक रह्यो, जसका क्रममा दुवै टिमका एक-एक खेलाडीले रातो कार्ड प्राप्त गर्दै मैदान छाड्नुपरेको थियो।
प्रतियोगिताको अर्को चरणमा बीरगञ्ज युनाइटेड सेमिफाइनल खेल खेल्नेछ, जसमा उनीहरू उपाधि यात्रालाई अझै बलियो बनाउन उत्साहित देखिन्छन्।