प्रकाश न्यौपाने
फाल्गुन ११ गते
नवलपरासी। नवलपरासीको बर्दघाटमा जारी नवौं संस्करणको सूर्यनगर गोल्डकप फुटबल प्रतियोगिता २०८१ मा चारतारे युवा क्लव सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा चारतारे युवा क्लब, लेटाङ मोरङले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
आईतवार भएको प्रतिस्पर्धात्मक खेलमा चारतारे युवा क्लबले भारतको एम.एस.सी. फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै जीत निकालेको छ। खेलको सुरुवात देखि नै चारतारेका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै खेलमा अग्रता कायम राख्न सफल भएका थिए । मोरङका जर्सी नम्बर ९ नवीन लामाले उत्कृष्ट खेल प्रदर्शन गर्दै “म्यान अफ द म्याच” को उपाधि हात पारेका छन्।
आजको जीत सँगै प्रतियोगितामा अब चारतारे युवा क्लबले सेमिफाइनल चरणमा प्रवेश गरिसकेको छ। अब सेमिफाइनलमा बाँसबारी क्लब काठमाडौँसँग चारतारे युवा क्लब मोरङ प्रतिस्पर्धा गर्नेछ।