प्रकाश न्यौपाने
फाल्गुन १७ गते
नवलपरासी। नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा रमेश लम्सालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। ऐतिहासिक तथा धार्मिक स्थल बुद्ध मङ्गल ताल परिसरमा आयोजित पाँचौं जिल्ला अधिवेशनबाट लम्सालको नेतृत्वमा १७ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।
जसको सह-अध्यक्षमा हेमलाल जैसी,उपाध्यक्षमा अशोक कुमार श्रेष्ठ, महिला उपाध्यक्षमा जीवन पञ्जियार, सचिवमा वीरेन्द्र शर्मा तिमिल्सिना, सह-सचिवमा ढुण्डीराज भण्डारी, कोषाध्यक्षमा जानकी गैरे तेस्तै सदस्यहरू दिनेश प्रसाद देव, सुरेन्द्र चौधरी, कुञ्जविहारी चौधरी, सञ्जय कुमार जैसवाल, मोहम्मद महबुब अन्सारी, नवराज सुवेदी, मन कुमारी ज्ञवाली रहनु भएको छ।
पाँचौं अधिवेशन जिल्ला अध्यक्ष तारा प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिनेपाल राहत शिक्षक समितिका केन्द्रीय अध्यक्ष नवीन सिंह धामी रहनुभएको थियो। जिल्ला सह-अध्यक्ष रमेश लम्साल को स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव हेमलाल जोशीले गर्नुभएको थियो।