बिग ब्याशकाे बीचैमा बंगलादेश पुगेका सन्दीपकाे बीपीएलका खेलहरु आइतबारदेखि

प्रकाशित मिति:

पुष १९ अष्ट्रेलिया । अष्ट्रेलियाको बिग ब्याशमा चार खेल खेलेर बंगलादेश पुगेका नेपाली स्टार क्रिकेटर सन्दिप लामिछानेले बंगलादेश प्रिमियर लिग आइतबारबाट खेल्दैछन् । उनी बिग ब्याशमा चार खेलमा आठ विकेट लिएर बीचमा नै पूर्व सहमति अनुसार दक्षिण एसियामा हुने दोस्रो ठूलो फ्रेन्चाइज प्रतियोगिता बंगलादेश प्रिमियर लिग खेल्न पुगेका हुन् । तर उनले बंगलादेश प्रिमियर लिग पनि पूरै खेल्नेछैनन् ।

फेब्रुवरी ८ सम्म चल्ने प्रतियोगिताको बीचमा नेपालले यूएईसँग अन्तराष्ट्रिय सिरिज खेल्दैछ । त्यसका लागि उनी बंगलादेशबाट नै यूएई जानेछन् । जसमा उनले राष्ट्रिय टिमबाट तीन एक दिवसीय र तीन टी–२० खेल खेल्नेछन् । नेपालले २५ जनवरीमा पहिलो एक दिवसीय खेल्नेछ भने २६ मा दोस्रो र २८ मा तेस्रो खेल खेल्नेछ । यस्तै जनवरी ३१ देखि फेब्रुवरी तीनसम्म तीन टी–२० खेलमा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि उनी फेरि अष्ट्रेलिया फर्किने संभावना प्रवल रहेको छ । बिग ब्याशका अन्तिम चरणका खेल फेब्रुवरी १८ सम्म चल्नेछन् ।