भोटेकोशी नदीमा शारीरिक अशक्तता भएका घिमेरेको वन्जी जम्प । हातखुट्टा होइन विचार बिलियो हुनु पर्छ : घिमिरे

५ श्रावण २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया


राजु वि.के.\बुटवल । गुल्मी पौदी अमराई गाविस हालको मुसीकोट नगरपालिका वडा न. १ निवासी शक्तिराज घिमिरेले आफ्नो शारीरिक अशक्तताका बावजुद विश्वकै सबैभन्दा अग्लो केन्योन स्वीङ्ग गरेका छन् । उनले दुबैतिरबाट हरियो वनजङ्गलले ढाकिएको अग्ला–अग्ला पहाडको बीचमा अबिरल बगीरहने भोटेकोशी नदीको सतहदेखि १६६ मिटर माथि मोटा र मसिना बाक्लो तारैतारले बनेको पुलदेखि निर्धक्क भइ हाँस्दै, रमाउँदै हेर्दापनि जो कोहीलाई डरै लाग्ने गहिरो घाटीमा हाम फालेका छन् । खुट्टाको कमजोरीलाई यसो नियाल्दा कठै बरै भनी टिठ मान्नु पर्ने जस्ता । तर उनको हृदय अनि विचार भने कति हो कति स्वस्थ, बलियो र हृष्टपुष्ट । यो ठाउँ यति डरलाग्दो छ कि यहाँ सबै मानिसहरुलाई त्यसरी हाम फाल्न अनुमति दिइन्न । अथवा भनौं कुनै न कुनै कारणले उनीहरुले योग्य हुादैनन् । घिमिरेलाईपनि पहिला त अनुमति दिन सकिन्न भन्यो त्यहाँको समितिले पछि उनको स्वास्थ्य स्वीङ्ग मास्टरको रोहबरमा चेकजाँच गरेर, औषधि सेवन गरेनगरेको सोधेर सबैकुराहरु सामान्य पाएपछि मात्र उनले अनुमति पाएका थिए । सुनकोशी नदीको सतहदेखि हातमा लौरो टेक्दै ठाडो उकालो चढेर हाम फाल्ने ठाउँसम्म आइपुग्दा घिमिरेलाई आधा घण्टाको समय लागेको थियो । बिहानै सात बजे पुगेका उनले दिउँसो २ बजेपछि मात्र पालो पाएका थिए । स्वीङ्ग गरेपछिको अनुभव साट्ने क्रममा उनले भनेका थिए डर के हो बल्ल मलाई थाहा भयो ।कोही कोही मानिसहरु यो एडवेन्चर गरेपछि केही समयका लागि अस्वस्थ हुन्छन् । अनि निश्चित समय उपरान्त पुनः पहिलेको अवस्थामा आउँछन् । तर शक्तिराज घिमिरे बताए अनुसार उनलाई त्यस्तो केही भएन ।  ‘‘प्रेरणाका प्रमुख स्रोत मेरा पिताप्रति म नतमस्तक छु । मलाई यो साहसिक कार्य गर्न जो जसले उत्साह र हौसला दिनुभयो विशेषगरी गोविन्द खनाललाई म धन्यवाद दिन्छु ।’’ भन्दै घिमिरेले उत्साहित स्वरमा एडवेन्चर गरेपछि पहिलो सन्देशलाई आफ्नो प्रतिक्रिया दिएका थिए । बि.सं. २०५६ सालमा एक जना विदेशी जो न्यूजिल्याण्डकानागरिक थिए उनले यो ठाउँमा यसरी एडवेन्चर गर्न सकिन्छ भन्ने सम्भावना देखेर द लास्ट रिसोर्टमा विश्वकै उच्च केन्योन स्वीङ्गको स्थापना गरेका थिए । ती विदेशी नागरिकको नाम डेविड हेन्री अलार्डिस थियो । उनकै योगदानको फलस्वरुप आज यस क्षेत्रमा वर्षेनी हजारौं पर्यटक आउँछन् अनि एडवेन्चरको मजा लिन्छन् ।काठमाण्डौदेखि यो क्षेत्रसम्म पुग्न करिब ५ः३० घण्टा लाग्दछ । मोटरसाइकलमा भने यो दूरी ३ः३० घण्टामै पूरा हुन्छ । विदेशी पर्यटकका लागि स्वीङ्ग गर्न र त्यसको विडियो बनाउन रु. १०,००० लाग्छ । नेपालीका लागि भने रु. ७००० लाग्ने गर्छ । द लास्ट रिसोर्टमा बस्न खानको राम्रो व्यवस्था छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया