दिव्यज्योति क्याम्पसमा डिजिटलाइजेशन सम्बन्धी ५ दिने तालिम सुरू

प्रकाशित मिति:

प्रकाश न्यौपाने

फागुन २८

नवलपरासी । दिव्यज्योति बहुमुखी क्याम्पसमा फागुन २८ गतेदेखि पाँच दिने डिजिटलाइजेशनसम्बन्धी तालिम सुरू भएको छ। क्याम्पस प्रमुख सागरमणि पाण्डेको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख, पूर्व क्याम्पस प्रमुखहरू, कार्यक्रम संयोजक, प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।


तालिममा सहजकर्ताको रूपमा शिव भुसालले डिजिटल क्षमताकाे विकास, डिजिटल साक्षरता लगायतका विषयमा सहजीकरण गर्नु भएको छ।विशेष उपस्थिति रहेको कार्यक्रममा डिजिटल प्रविधिको महत्व, डिजिटल शिक्षा तथा यसको प्रभावकारी प्रयोगबारे विस्तृत छलफल गरिएको थियो।


कार्यक्रमम पूर्व क्याम्पस प्रमुख बद्री खनालले कोभिडको समयबाट सुरु भएको अनलाइन कक्षा र परीक्षा प्रणालीलाई वर्तमान समयमा पनि थप व्यवस्थित गरी क्याम्पस निरन्तरता दिएको जानकारी दिनु भयो । प्राध्यापक सङ्घका उपाध्यक्ष बोमलाल पाण्डेको स्वागत रहेको कार्यक्रमको सञ्चालन UGC फोकल पर्सन राजु पौडेलले गर्नु भएको थियो।


क्याम्पस प्रमुख पाण्डेले दिव्यज्योति क्याम्पसमा विगतदेखि नै प्रविधि मैत्री कक्षाहरू संचालनमा रहेको उल्लेख गर्नु भयो । विश्वविद्यालय अनुदान आयोगको सहयोगले पूर्णरूपमा क्याम्पसमा प्रध्यापनरत प्राध्यापकहरू तथा कर्मचारीहरू प्रविधिको पूर्णरूपमा प्रयोग गरी कक्षा कोठालाई थप प्रविधि मैत्री बनाउने कुरामा टेवा पुग्ने बिश्वास व्यक्त गर्नु भयो ।