प्रकाश न्यौपाने
चैत्र ४ गते
नवलपरासी । एनएमवि बैंक लिमिटेड परासी शाखाले समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न विद्यालय तथा अस्पताललाई १५ थान वाटर डिस्पेन्सर वितरण गरेको छ।
बैंकका शाखा प्रबन्धक रामनरेश गुप्ताका अनुसार पानीको शुद्धता कायम गर्दै सहज रुपमा पिउन सकियोस् भन्ने उद्देश्यले पृथ्वी चन्द्र अस्पताल एक थान, डा. विनोद निता कंण्डेल आँखा अस्पतालमा एक थान सहित १३ वटा विद्यालयलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको बैकले जनाएको छ ।
परासीको आदर्श माविमा आयोजित वितरण कार्यक्रममा रामग्राम नगरपालिकाका निमित्त नगर प्रमुख सम्झना चौधरीले समाजिक संघ-संस्थासँगै बैंक तथा वित्तीय संस्थाले समेत समाजिक हितका कार्यमा सक्रियता देखाउनु सकारात्मक भएको बताउनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक संघका जिल्ला अध्यक्ष अरविन्द पाठक, राष्ट्रिय शिक्षक परिषद्का जिल्ला अध्यक्ष हेमन्त यादव, आँखा अस्पतालका कोषाध्यक्ष अमरचन्द्र अग्रवाललगायतले बैंकको सामाजिक उत्तरदायित्वप्रति प्रशंसा व्यक्त गर्नुभएको थियो।