पञ्चनगर स्वास्थ्य चौकीको सेवा सन्तुष्टिबारे अन्तरक्रिया तथा सामाजिक परीक्षण सम्पन्न

प्रकाशित मिति:

चैत्र ४ गते
नवलपरासी । बर्दघाट ९ मा रहेको पन्चनगर स्वास्थ्य चौकीको सेवा, सुविधा तथा सेवाग्राही सन्तुष्टिबारे सरोकारवालाहरूसँग अन्तरक्रिया तथा सामाजिक परीक्षण गरिएको छ। स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितीका अध्यक्ष एब बर्दघाट ९ का वडा अध्यक्ष चन्द्रकान्त चापागाईंको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।


नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको उल्लेख गर्दै नगरवासीलाई थप सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाले आँखा उपचार, ल्याब परिक्षण सेवा सञ्चालन, अपांगता भएका बालबालिकाको उपचार सेवाबउपलब्ध गराउन नगर लागी परेको बताउनु भयो ।


अहिले नगरको पहलमा नगर अस्पतालमा सर्पदंश तथा रेबिजका खोपहरू उपलब्ध गराइएको उल्लेख गर्दै अबको केहि महिनामा डायलोसिस सेवा सञ्चालनमा आउने जानकारी दिनु भयो । त्यस्तै, ट्रमा सेन्टर सञ्चालन पछि नगरबासीले थप स्वास्थ्य सेवा पाउने उल्लेख गर्दै नगर प्रमुख श्रेष्ठले ट्रमाको निर्माणका लागि नगरले कुनै पनि कसुर बाकी नराख्ने बताउनु भयो ।


नगरपालिकाले ल्याब सेवा निःशुल्क बनाउनुका साथै सुत्केरी महिलाका कुरुवाका लागि खानाको प्रबन्धसमेत मिलाएको छ नगर प्रमुख श्रेष्ठको भनाइ छ । साथै, सुत्केरी महिलाहरूलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने योजना अघि बढाइएको छ।


नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बिगत २ बर्ष देखी औषधि समयमा नै उपलब्ध गराइएको उल्लेख गर्नु भयो । सरकारले खोपहरुलाई जोडेर ९८ प्रकारका औषधिहरु पाइने उल्लेख गरेको छ । स्वास्थ्य चौकीहरुमा औषधिहरु ५२/५५ वटा औषधिहरु मात्रै उपलब्ध रहेको वताउदै उपाध्ययाले समुदायको आफ्नो स्वास्थ्य परिक्षण गर्ने बिषयमा बिश्वास कम भएको जस्तो देखिएको उल्लेख गर्दै उहाको रिफर लिने र अन्यत्र जाने प्रचलन रहेको बताउनु भयो ।


नगरका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले बर्दघाट नगरपालिका क्षेत्रका स्वास्थ्य चौकीहरूमध्ये पञ्चनगर स्वास्थ्य चौकी उत्कृष्ट रहेको उल्लेख गर्दै सेवाको थप सुधार गर्दै लगिने उल्लेख गर्नु भयो । सेवाग्राहीहरूले स्वास्थ्य चौकीबाट पाउने सुविधाबारे जानकारी लिनुपर्ने र औषधि खरिद प्रक्रियामा ढिलाइ हुँदा नगरपालिकाले वैकल्पिक व्यवस्था अपनाइरहेको बताउनु भयो ।


स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले नगरपालिकाले औषधि आपूर्तिमा विशेष ध्यान दिएको उल्लेख गर्दै नगरमा ३ करोड ५० लाख रुपैयाँ बराबरको औषधि माग भए पनि हालसम्म ५६ लाख रुपैयाँ बराबरका औषधिहरू खरिद गरेर सेवा दिइरहेको जानकारी गराउनु भयो ।


स्वास्थ्य चौकी प्रमुख बाबुराम तिमिल्सिनाले चौकीले अपांगमैत्री सेवा, किशोर-किशोरीमैत्री सेवा, क्षयरोग उपचार (DOTS), जेष्ठ नागरिक घर दौलो सेवा, खोप, पोषण, परिवार योजना तथा सुरक्षित गर्भपतन सेवाजस्ता सुविधाहरू प्रदान गरिरहेको जानकारी दिनु भयो । साथै, भिडिओ एक्सरे, प्रसूति सेवा, थाइराइड तथा सुगर जाँच सेवा थप आवश्यक रहेको बताउनु भयो ।


स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईंले आठ पटक गर्भ जाँच गराउने गर्भवतीलाई सुपानेट झुल, दुई वर्षसम्म २० पटक तौल गराउने बालबालिकालाई १ क्रेट अण्डा, सुनौलो हजार दिन कार्यक्रमअन्तर्गत आमाहरूलाई पोषण तालिम तथा जेष्ठ नागरिक घर दौलो कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनु भयो ।


कार्यक्रममा स्वास्थ्य चौकीले दिने सेवा सुबिधा राम्रो रहेको, औषधि समयमा पाइएको, विशेषज्ञ डाक्टरहरुको आवश्यकता रहेको, सर्प दम्स र रेभिजको खोप पर्याप्त नपाइएको, ल्याबको उपलब्धता सर्वसुलभ नभएको जस्ता बिषयहरु सेवा ग्राहीबाट उठेका थिए । कार्यक्रममा टोल विकास संस्थाका प्रतिनिधि, सेवाग्राही, शिक्षक, विद्यार्थी तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।