सामाजिक विकास कार्यालयले विद्यालय पढ्ने बालबालिकाको लागि बालसाहित्य पुस्तक बाढ्ने अभियानलाई निरन्तरता दिइरहेको छ । आइतबार आँधीखोला बोर्डिङ स्कुल जुग्लेमा विभिन्न विधाका ४२ वटा बालसाहित्य पुस्तक कार्यालयको तर्फबाट हस्तान्तरण गरिएको छ ।कार्यक्रममा बोल्दै सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बालबालिकालाई रमाईरमाई पुस्तक पढ्नेको बानीको विकास गरी सामाजिक सद्भाव, हाम्रो सांस्कृतिक मूल्यमान्यता, प्रकृति आत्मियता, श्रम प्रति सम्मान भाव, आत्मविश्वास जस्ता अनेकौं पाटामा सकरात्मक परिवर्तन ल्याउन बालसाहित्यिक पुस्तकले महत्वपूर्ण भूमिका हुने बताउनु भयो ।
उहाँले भन्नुभयो समग्र स्याङ्जाको उत्तरी क्षेत्रको शिक्षा क्षेत्रको विकासमा यस विद्यालयको महत्वपूर्ण योगदान रहेको र बालबालिकालाई सानै बाट आफ्नो माटो र देशको सेवा गर्न यस्ता पुस्तकले थप टेवा पुग्ने हुदाँ बालसाहित्य पुस्तक वितरण गरिएको वताउनुभयो । कार्यक्रममा बोल्दै आँधीखोला बोर्डिङ स्कुलकी प्रिन्सिपल स्मृति काफ्लेले बालगीत, बालकथा, बालकविता, बालनाटक, बालउपन्यास, बालगजलसहित जीवन उपयोगी विभिन्न विधाका यस्ता पुस्तकले बालबालिकालाई भाषिक सीपको विकास, सिर्जनात्मकता बृद्धि, ज्ञानविज्ञानका कुरासँग साक्षत्कार सँगै नैतिकता, सदाचारिता र अनुशासित बनाउन सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नु भयो ।कार्यक्रममा कार्यक्रममा विद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी शिक्षक र अभिभावकहरुले सामाजिक विकास कार्यालय स्याङ्जाले बालसाहित्यिक पुस्तक वितरण गरेर प्रशंसनिय काम गरेको बताउनु भयो ।