कोल्मामा अध्ययरत बिद्यार्थीलाई बिद्यालय पोशाक

प्रकाशित मिति:

भवानी अधिकारी – स्याङ्जा  । खुमा अर्याल फाउण्डेशन र रोटरी क्लब अफ नक्साल शक्तिले कोल्मा बराहचौर माध्यमिक बिद्यालयमा अन्तरक्रिया र बिद्यालय पोशाक बितरण गरेको छ ।पुतलीबजार नगरपालिका ९ स्थित कोल्मामा शिशुदेखि कक्षा १२ सम्म अध्ययरत एक सय ५० जना बिद्यार्थीलाई बिद्यालय पोशाक (ट्रयाक सुट) बितरण गरिएको हो ।सोही कार्यक्रमको शुभारम्भ गर्दे जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद घर्तिले गाउँमा बसाई सर्ने क्रम बढेसंगै बिद्यार्थीका संख्या पनि घट्दै गएकोमा चिन्ता ब्यक्त गरे । गाउँ गाउँमा बिकास र सुबिधा पुगे पनि बिभिन्न वहानामा शहर केन्द्रित बसाईले सबै क्षेत्र प्रभावित बनाएको उनले बताए ।

यहाँका सामुदायिक बिद्यालयमा अध्ययरत बालबालिकालाइृ लक्षित गर्दै फाउण्डेशन र रोटरी क्लवले गरेको सहयोगको प्रशंसा गर्दै न्यून आयका कारण गाउँमा बस्नेलाई सबैको सहयोग आवश्यक रहनेमा जोड दिए।कार्यक्रममा पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले पुतलीबजारलाई शैक्षिक हबका रुपमा विकास गर्ने लक्ष्य सहित पालिका अघि बढेको जानकारी गराए । नगरपालिकाले क्यालेण्डर बनाएरै काम गर्दै आएको जनाउदै बिद्यार्थी घटे भन्ने चिन्ता लिनु भन्दा अब कसरी गुणस्तरीय शिक्षा दिन सकिन्छ भनेर सबैले चिन्ता लिनु पर्र्नेे समय आएको जनाए ।

रोटरी र फाउण्डेशनको सहयोगले गाउले परिवारलाई राहत दिलाएको जनाउदै नगरपालिकाले पनि सहयोग गर्ने बताए ।रोटरी क्लब अफ नक्साल शक्तिका अध्यक्ष डा. लुना अर्याल, खुमा फाउण्डेशनका अध्यक्ष लेखनाथ शमाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा आ आफना संस्थाले काम गर्दै आएको जनाउदै आगामी दिनमा पनि यस्ता शैक्षिक कार्यक्रम तथा स्वास्थ्य सम्बन्धी कार्यलाई निरन्तरता दिईने प्रतिवद्धता जनाए ।बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धनबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक बिजयकुमार चौधरीले स्वागत एवं शिक्षक चण्डी सुवेदीले संचालन गरेका थिए । यसैगरी, सोही कार्यक्रममा माउन्ट एभरेष्टका प्रिन्सिपल युक्तनारायण अर्याल र नगर शिक्षा शाखाका शोभा बस्यालले बिद्यालयको शैक्षिक गुणस्तर बृद्धिका बारेमा जानकारी सहितका सुझाव दिए । फाउण्डेशन र रोटरी क्बलबले शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक, अभिभावक, बिद्यार्थीबीच अन्र्तक्रिया गर्दै योजना तर्जुमा गर्ने जनाएको छ ।