इन्दिरा चाम्लिंग
काजाब्लांका क्यासेल्लो । शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्बो ल्होसार (नयाँ वर्ष) बेल्जियममा पनि भब्यताका साथ मनाइएको छ ।
शेर्पा किदुक बेल्जियमले क्यासेल्लोस्थित डोन बोस्कोमा शुभकामना आदानप्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गरेर २१५२ औँ ग्याल्बो ल्होसार भव्यताका साथ मनाएको हो । सो अवसरमा बौद्ध परम्परा अनुसार धार्मिक पूजापाठ गरिएको थियो । भने सांस्कृतिक झाँकीका साथै शेर्पा भाषामा गायन र नृत्य प्रस्तुत गरिएको थियोे । कार्यक्रममा बेल्जियममै जन्मे हुर्केका बालबालिकाहरुले शेर्पा भाषामा गायन तथा नृत्य पस्किएर थप मनोरञ्जनमुलक र रोमाञ्चित बनाएका थिए । भने आफ्नो भाषा – धर्म र सँस्कृतिलाई परदेशमा समेत अगाध स्नेह सहित जिवन्त राख्न सकेको प्रमाण पेश गरेका थिए।
कार्यक्रममा बेल्जियमका साथै जर्मनी, पोर्चुगल, नेदरल्यान्ड, फ्रान्स, बेलायतलगायत छिमेकी देशका शेर्पा समुदायको उल्लेख्य उपस्थिती रहेको थियो । उक्त कार्यक्रममार्फत संकलित रकम ओखलढुंगा स्थित खिजिदेम्बा गाँउपालिकालाई एम्बुलेन्स खरिद गरिने बताईएको छ । २१५२ औं बौद्ध नयाँ बर्षको अबसरमा आयोजित कार्यक्रममा सहभागीहरुले खिजिदेम्बा गाँउपालिकालाई एम्बुलेन्स प्रदान गर्नका लागि स्वेच्छादान सहयोग संकलन गरेका थिए । राष्ट्रिय बिकास परिषद सदस्य समेत रहनुभएका खिजिदेम्बा गाँउपालिका अध्यक्ष एंव शेर्पा समुदायबाट गायन बिधाका ढुकढुकी समेत रहेका गम्बु शेर्पा बिशेष अतिथी रहनु भएको सो कार्यक्रमबाट उठेको सहयोग रकमले एम्बुलेन्स संचालन गरेर बिकट गाँउमा परोपकारी काम हुनेछ । परोपकारी सो कार्यका निम्ति सबैभन्दा उच्चतम रकम १ लाख ५० हजार दान गरेका शेर्पा समाजका अग्रज एबम नेफिन र एनआरएनए बेल्जियम पूर्व अध्यक्ष पिजी शेर्पाले गर्नुभएको छ । प्रमुख र बिशिष्ठ अतिथी पछी गैरआवासीय नेपाली संघ र आदिबासी जनजाति महासंघ भन्दा अगाडी बिशेष अतिथी नेपाल पत्रकार महासंघ युरोप लाई बनाईएको नौलोपना थियो ।
कार्यक्रममा राज्यको चौथौ अंग पत्रकार र पत्रकार महासंघ भएकाले मर्यादाक्रममा राज्यको प्रतिनिधी महामहिम राजदूत पछि पत्रकार रहने बताउँदै राष्ट्रिय बिकास परिषद सदस्य गम्बु शेर्पाले शेर्पा समाजले यो सत्य यथार्थलाई ब्यबहारमा लागू गरिएको बताऊनुभयो । संसारमा दूतावास नभएको देशमा पत्रकारले दूतावासको काम र देशको प्रतिनिधित्व गर्ने बिश्वब्यापी प्रचलन समेत रहेको स्मरण गराउँदै सबै संघसंस्थालाई “पोर्टफोलियो “ बुझेर सम्मान गर्न आग्रह गर्नुभयो । अध्यक्ष गम्बु शेर्पाको कथन थियो “मर्यादा क्रममा राज्यको चौथौ अंग भन्दा अगाडी एनआरएनए, स्थानीय संघसंस्था हुन सक्दैन ।, कसैले महामहिम राजदूत पछि मर्यादाक्रममा पत्रकार बाहेक अरूलाई सम्मान दिन्छ भने त्यो मर्यादाक्रम नबुझ्ने ब्यक्ति-संस्था हुन ।” औपचारिक कार्यक्रममा बेनेलक्स र युरोपियन युनियनका लागि राजदूत सेवा लम्सालको प्रमुख आतिथ्यता ,बिशिष्ट अतिथी खिजीदेम्बा गाँउपालिका अध्यक्ष गम्बु शेर्पा, शेर्पा किदुक केन्द्रीय संघिय परिषद सदस्य ल्हमु शेर्पा, बिशेष अतिथीहरू शेर्पा किदुक युरोपका अध्यक्ष एवम पूर्ब एनआरएनए युरोप संयोजक दावा ग्याल्जेन शेर्पा ,आदिबासी जनजाति महासंघ र एनआरएनए बेल्जियम पूर्ब अध्यक्ष र एनआरएन केन्द्रीय सल्लाहकार पिजी शेर्पा ,नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राई , एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा , नेफिन बेल्जियमका बरिष्ठ उपाध्यक्ष मुना राई , एनआरएन ग्लोबल अध्यक्ष पदम गुरुंग ,शेर्पा संघ बेलायत अध्यक्ष रिन्जी शेर्पा रहनुभएको थियो ।
अतिथीहरूमा प्रवासी मन्च जर्मनी अध्यक्ष पासांग शेर्पा ,शेर्पा किदुक युरोपका निबर्तमान अध्यक्ष फूला शेर्पा,किदुक बेल्जियम निबर्तमान अध्यक्ष आंग दोर्जी सोनाम शेर्पा , मगर समाज बेल्जियम अध्यक्ष लोक राना , तमु समाज अध्यक्ष होम गुरुंग , किरात राई सोसाईटी बेल्जियम अध्यक्ष इन्दिरा चामलिंग , तामांग समाज अध्यक्ष राम लामा , याक्थुम चुमलुगका अध्यक्ष वदन योंगहांग , नेपाली जनप्रगतिशिल मन्च युरोप अध्यक्ष चित्र सुबेदी , एनआरएनए बेल्जियम पूर्ब अध्यक्ष र हाल केन्द्रीय उपाध्यक्ष गंगाधर गौतम , प्रवासी मन्च बेल्जियम अध्यक्ष बिनोद न्यौपाने ,जनता समाजबादी पार्टी बेल्जियम अध्यक्ष नेत्र मगर ,नेपाली ब्यबशायी सॅघ अंध्यक्ष चिरन कुमार खवास , एनआरएन बेल्जियम निबर्तमान अध्यक्ष खडक बहादुर केसी , नेकपा एमाले बेल्जियम निबर्तमान अध्यऱ्क्ष एबम अन्तराष्ट्रीय कमिटी महिला संयोजक इशाव-चन्द्र कुमारी गुरुंग , जनसम्पर्क समिति बेल्जियम महामन्त्री गोबिन्द अधिकारी , नेपाली जनप्रगतिशिल मन्च बेल्जियम उपाध्यक्ष मनिष गुरूंग ,पर्बत समाज अध्यक्ष नन्द कुमारी गुरूंग ,गुल्मी समाज अध्यक्ष कुल बहादुर कार्की ,नवलपरासी समाज अध्यक्ष नरहरी सापकोटा लगायतका बिशिष्ट अतिथी र अतिथिहरुलाई शेर्पा संस्कार अनुरूप सम्मान गरिएको थियो । शेर्पा किदुक बेल्जियम आयोजक र हिमालयन साँस्कृतिक केन्द्र र शेर्पा युथ ग्रुप बेल्जियम सहआयोजक रहेको कार्यक्रमको संचालन ल्हमु शेर्पाले गर्नु भएको थियो । कार्यक्रमका सभापति एबम शेर्पा समाज बेल्जियमका अध्यक्ष पेम्बा शेर्पा (पिडी) ले ल्होसार कार्यक्रम सफल बनाउन संस्थाको परोपकारी अभियानमा सहयोग गर्ने , सहभागिती जनाउने सबैलाई धन्यबाद दिनुभएको थियो । भरपुर मनेरन्जनका साथ रातभर चलेको साँस्कृतिक कार्यक्रममा सिंगो नेपाली समुदाय रमेका थिए ।