बुटवल । कम्प्युटर एसोसिएसन नेपाल महासंघ रुपन्देही (क्यान) र तिलोत्तमा स्थित क्रिमसन अस्पताल बिच अस्पतालमा उपचार गर्न चाहने क्यान महासंघ रुपन्देहीका सदस्यहरुलाई उपचार खर्चमा १०% छुट सुबिधा दिने गरि सम्झौता भएको छ । क्यान महासंघ रुपन्देहीका अध्यक्ष जीवन अधिकारी, सचीव सुरेशचन्द्र भट्टराई र कार्यसमिति सदस्य संजय पाण्डे तथा अस्पतालका अध्यक्ष दुर्गाप्रसाद पाण्डे र अस्पताल प्रशासन प्रमुख सहितको उपस्थितिमा MOU सम्झौता भएको हो ।यो सम्झौताले क्यान महासंघ रुपन्देहीका सम्पुर्ण सदस्यले सो अस्पतालमा सेवा लिदाँ उपचार खर्चमा १०% छुट सुबिधा पाउने सचिब सुरेशचन्द्र भट्टराईले जानकारी दिए ।