
बर्दघाट मेलामा १ करोड ५० लाखको कारोवार हुदा ३१ लाख बचत, बिपत्त कोषमा १५ लाख थप
प्रकाशित मिति:
प्रकाश न्यौपाने
चैत ६ गते
नवलपरासी । बर्दघाट उद्योग वाणिज्य संघद्रारा आयोजित बर्दघाट महोत्सव २०८१ बाट ३१ लाख १६ हजार १ सय ९० रुपैया बचत भएको छ । मेलामा १ लाख दर्शकले अवलोकन गरेको मेलामा १ करोड ५० लाख रुपैयाको कारोबार भएको संघले जनाएको छ ।
मेलाबाट आम्दानी ४५ लाख ६६ हजार ५ सय ५८ रुपैया आम्दानी गरेको संघले १४ लाख ४ हजार ३ सय ९५ रुपैया मेला लगाउदा खर्च भएको संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भयो । मेलाबाट २७ लाख, मनोरञ्जन करबापत ३ लाख ५६ हजार ८५ रुपैया, सरसफाइ बापत आम्दानी २५ हजार, बिमा बापत १७ हजार ५ सय, मर्मत सम्भारबाट १६ हजार, स्पोन्सरबाट ६ लाख ३० हजार ९ सय ५०, स्टलबाट १ लाख ९३ हजार, घरेलु तथा साना उद्योग कार्यालय परासीबाट १ लाख २८ हजार ५० र बर्दघाट नगरबाट ५ लाख रुपैया आम्दानी भएको महासचिव गङ्गा पाठकले जानकारी दिनु भयो । फुलमाला, बिद्युत पानी,मिडिया, खाजा नास्ता आन्तरिक सुरक्षा, स्टेशनरीगरि १४ लाख ४ हजार ३ सय ९५ खर्च भएको छ ।
बिपत्त कोषको स्थापना गरि व्यवसायीका लागी १ लाख रुपैयाको दुर्घटना बिमा र मेडिकल बिमा गर्ने गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिनु भयो । संघले २०८० मा स्थापना गरिएको बिपत्त कोषमा आवद्ध हुनका लागी व्यवसाय दर्ता र नवीकरण भएको हुनु पर्ने संघले जनाएको छ ।
५ लाख ५ हजारबाट सुरु गरेको बिपत्त कोषमा यस बर्षको मेलाबाट १५ लाख थप गर्ने र आगामी दिनमा १ करोड पुर्याउने योजना रहेको अध्यक्ष न्यौपानेको भनाइ छ । संघले ज्यामिरेभार, बर्दघाट र भटौलिया बजार बिकास समितिलाई आर्थिक सहयोग गर्ने संघले उल्लेख गरेको छ ।